चितवन । भरतपुर विमानस्थलबाट २५ किलो चांँदीका गहना सहित दुईजना पक्राउ परेका छन । पक्राउ पर्नेमा पर्सा जिल्ला विरगञ्ज महानगरपालिका वडा नम्बर १५ का प्रकाश शाह सोनार र बारा जिल्ला नरही गाविस वडा नम्बर ६ का अजय कुमार सर्राफ रहेका छन ।
जिल्ला प्रहरी कार्यालय , चितवनका अनुसार बुधबार बिहान ९ बजेर २५ मिनेटमा बिमानस्थलबाट काठमाण्डौतर्फ कार्गो गरी पठाउन लागेको कपडाको झोला एक्सरे मेशिनमा राखी चेकजाँच गर्ने क्रममा २४ किलो ९६० ग्राम चांँदीको गहना फेला परेको हो । उक्त सामान माथि शंका लागि उक्त झोला चेकजाँच गर्दा चाँदीका गहनाहरु फेला परेको कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले जानकारी दिनुभयो । गहनाको बिल समेत शंकास्पद रहेकोले उक्त सामान कुरियर गर्न आएका सोनार र सर्राफलाई पक्राउ गरी थप अनुसन्धानको लागी राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा पठाईएको अधिकारीले बताउनु भयो ।