चितवन । उद्योग वाणिज्य संघ–चितवनले संस्था ६२औं स्थापना दिवसको अवसरमा खुला रक्तदान तथा निःशुल्क स्वास्थ्य परीक्षण गराएको छ। वि।सं२०१६ सालमा स्थापना भएको संस्थाले बुधबार आयोजना गरेको खुला रक्तदान कार्यक्रममा ७० जना उद्योगी व्यवसायीले निःशुल्क स्वास्थ्य परीक्षण गराएका थिए।
६२ वर्ष पुगेको अवसरमा संघले बुधबार ६२ वटै दीप बालेर कार्यक्रम गरेको संघका अध्यक्ष राजु श्रेष्ठले जानकारी दिए। सो अवसरमा बोल्दै अध्यक्ष श्रेष्ठले निजी क्षेत्रको कृषि, शिक्षा, स्वास्थ्य र पर्यटनको विकासमा संघले निरन्तर कार्यक्रम आयोजना गर्दै आएको बताए। सार्वजनिक निजी साझेदारी अवधारणा अन्तरगत संघले गरेका व्यावसायिक हितलगायत पूर्वाधार विकासका कार्यक्रम अनुकरणीय रहेको श्रेष्ठको भनाई थियो ।
कार्यक्रमका प्रमुख अतिथि एवम् संघका पूर्वअध्यक्ष केएल भूषणले व्यावसायीको हक, हित, संरक्षण, सम्वर्द्वन र प्रवर्द्वन गर्दै व्यावसायिक ऐक्यवद्धता जाहेर गर्ने उद्देश्यले संघको स्थापना भएको बताए। उवासंघ चितवनले आजसम्ममा निजी क्षेत्रबाट सामाजिक, आर्थिक एवम् सांस्कृतिक विकासमा महत्त्वपूर्ण योगदान पु¥याएको उनको भनाई थियो ।
कार्यक्रममा संघका निबर्तमान अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका कार्यसमिति सदस्य सहनलाल प्रधान पूर्वअध्यक्ष प्रचण्डलाल प्रधान, उत्तमलाल चुके, डा तिलचन्द्र भट्टराई, कल्याण जोशी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
उवासंघ–चितवनको स्थापना दिवसको अवसरमा रक्तदान तथा निःशुल्क स्वास्थ्य परीक्षण
उवासंघ–चितवनको स्थापना दिवसको अवसरमा रक्तदान तथा निःशुल्क स्वास्थ्य परीक्षण
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु