गोपाल कंडेल , चितवन । देशभर लामो समय सम्म तरलता अभाव भईरहेका बेला चितवनका बैंकहरुले तरलताको अभावका कारण थप संकट पर्दै गएको बताएका छन । गए दशैंसम्म तरलता सन्तुलनमा भएपनि त्यसपछि भने अभाव हुंँदै गएको छ । हालसम्म पनि सुधारको आशामा रहेपनि यसमा न्यून सुधार पनि हुन नसक्दा चुनौति बढ्दै गएको बैंकर्सहरुको भनाई छ । निक्षेपको तुलनामा ऋणको माग अत्यधिक बढेको कारण पनि बैंकले थप लगानी गर्न सकेका छैनन । अर्कोतिर ओमिक्रोनको त्रासका कारण आर्थिक गतिविधि सुस्त हुंँदा पनि हरेक क्षेत्रको कारोबारमा गिरावट आएको छ । यस्तै राष्ट्रबैंकले बैंकहरुको चुक्ता पूजींँ २ अर्बबाट बढाएर ८ अर्ब पुरयाउंँदा पनि थप तरलता अभाव खड्किएका् बैंकर्सहरु बताउंँछन ।
सनराइज बैंक, नारायणगढ शाखाका प्रबन्धक योगेन्द्र पुन राष्ट्रबैंकले नीति परिवर्तन गरेका कारण पनि तरलता अभाव भएको बताउंँछन । ‘बैंकको चुक्ता पूंँजी बढाएपछि नाफा कमाउनै पर्यो, पुनले भने अर्को कुरा भएको बेला बैंकले त्यतिबेला आक्रामक रुपले लगानी पनि गरे । यसको प्रतिफलले आखिर तरलता कम भयो ।’
बिदेशबाट आउने रेमिट्यान्स, कमी हुनु र नेपालमा भित्रीने रकम भन्दा बढी बाहिर पैसा गएकोले पनि तरलता अभाव भएको उनको भनाई छ ।‘ नेपालीले बिदेशमा गर्ने व्यवसायमा पूँजी बाहिर गयो, देशको आर्थिक बृद्धिदर पनि घट्यो ।’ उनले भने । नेपालमा रकम प्रशस्त भएपनि अनुत्पादक क्षेत्रमा लगानी भएको कारण पनि तरलता अभाव भएको उनको भनाई छ । कोरोना प्रभावित क्षेत्रमा सहुलियत र भाखा थप गरेकोले पनि तरलता अभाव भएको उनले बताए ।
ओमिक्रोनको प्रभाव कम हुंँदै जांँदा एकातिर लगानीको वातावरण बन्दै गएको छ भने । अर्कोतिर बैंकमा रकम अभाव हुंँदै गएको छ । कतिपय बैंकहरुले ऋण पास गरेको महिनौं सम्म पनि ऋणीलाई भुक्तानी दिन सकेका छैन । निक्षेप संकलनमा ह्रास आएपछि बैंकहरुले विभिन्न आकर्षक नीति तथा ब्याज दिएर बचत कर्तालाई आर्कषण पनि गरेका छन । बैंकहरुको अस्वस्थ प्रतिस्पर्धाका कारण साना बैंकहरु झन मारमा पर्ने गरेका छन ।
कामना सेवा विकास बैंकका क्षत्रीय प्रबन्धक सुरेन्द्र भण्डारी तरलता अभावका कारण लगानी गर्नै नसकिएको बताउंँछन । ‘कहिले तरलता बढ्छ, कहिले अभाव हुन्छ , उनले भने, अहिले लगानी गर्ने पैसा छैन ऋणपनि सहज रुपमा उठ्न सकेको छैन ।’ आर्थिक गतिविधि बढदै गएपछि पुन: सन्तुलनमा आउने अपेक्षा रहेको भण्डारीले बताए ।
आर्थिक बर्ष शुरु भएसंँगै बैंकहरुले छोटो समयमै अधिकांश लगानी गरिसकेका थिए । अर्कोतिर सरकारले पूंँजीगत खर्च गर्न नसक्नु र बजेट खर्च नहुांदा पनि बजारमा पूंँजीको अभाव देखिएको हो । कृषि विकास बैंक , हाकिमचोक शाखाका प्रबन्धक हरि अधिकारी बैंकहरुले बर्षभरि गरिने लगानी छोटो अवधिमा गरिसकेकोले तरलता अभाव भएको बताउंँछन । ‘पैसा त छ तर लगानी र बचतको सन्तुलन भएको छैन । ’ अर्को कुरा बचत नहुनु र ऋण सहज नउठ्नु पनि तरलताको अभावको कारण हो । ’
तरलता अभाव हुनु एउटा मात्र कारण हुंँदैनन ।
राष्ट्रबैंकको नीति तथा बचत तथा ऋण लगानीमा हुने ब्याजदरले पनि असर गरेको हुन्छ । बैंकिङ् सम्बन्धी बिषयमा विद्याावारिधी गरिरहनु भएका बिरेन्द्र बहुमुखी क्याम्पस, भरतपुरका प्राध्यापक सुदिप वाग्ले कोरोना भाइरसका कारण व्यक्ति तथा अन्य व्यवसायिक संस्थाहरुले रकम खर्च नगरी होल्ड गर्दा पनि तरलता अभाव हुने बताउंँछन । ‘राष्ट्रबैंकको पोलिसीले पनि असर गर्दछ उनले भने, लगानी भएको रकम अनुत्पादक क्षेत्रमा खर्च हुंँदा पनि समस्या हुने गर्दछ ।’
यसको समाधान र सन्तुलनको लागि ब्याजदर बढाएर बचत कर्तालाई आकर्षण गर्ने र ऋणको व्याज दरमा पनि हेरफेर गर्नुपर्ने वाग्लेको धारणा छ ।
तरलता अभावले संकटमा चितवनका बैंक, भन्छन— लगानी गर्ने पैसा छैन, बजारमा ब्याज उठ्दैन
तरलता अभावले संकटमा चितवनका बैंक, भन्छन— लगानी गर्ने पैसा छैन, बजारमा ब्याज उठ्दैन
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु