चितवन । नेपाली कांँग्रेसका प्रवक्त डाक्टर प्रकाशशरण महतले एमसीसीको बिषयमा जनतामा भ्रम फैलाएको बताउनु भएको छ । आज नेपाल प्रेस युनियन चितवनले भरतपुर विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मलेनमा बोल्दै उहांँले एमसीसी देशको बिकासको पक्षमा भएकोले जनतामा भ्रम मात्र फैलाईएको उहांँले बताउनु भयो । एमसीसी जनताको पक्ष र देशको पक्षमा रहेको भन्दै गठबन्धन र एमसीसी फरक बिषय भएको बताउनु भयो ।
‘गठबन्धन त एउटा भोलुन्टरी एशोसियन हो गठबन्धन र यो फरक बिषय हो यसमा किन जोड्ने ? उहांँले भन्नुभयो ’भ्रमको खेती गर्ने र दोहोरो चरित्रका कारण समस्या भएको छ । ’ एमसीसी पास भएन भने नेपालको दुर्भाग्य हुने उहांँको भनाई थियो । ‘बांँदर प्रवृत्ति र दोहोरो चरित्रले एमसीसी पास गर्न समस्या भयो । उहांँले भन्नुभयो ।
आफू गठबन्धन नविग्रीयोस भन्ने मनस्थितिमा नरहेको उनले बताए । ‘गठबन्धन पनि नबिग्रियोस, एमसीसी पनि अघि बढोस भन्ने हाम्रो चाहना हो । ’उहांँले भन्नुभयो ।
केही प्रवृत्ति एमसीसी विरुद्ध लागेको बताउंँदै उहांँले एमसीसी नेपालकै हितमा र संविधान अनुरुपनै
भएकोले पास हुनुपर्ने बताउनु भयो ।
ओली सरकारकै पालामा केपी ओलीले एमसीसी अनुमोदन गरेको भन्दै सभामुखले कुनै विषयलाई रोकेर राख्ने अधिकार नभएको उहांँले बताउनु भयोे । ‘त्यही बिषय सक्तामा हुंँदा ठीक, नहुंँदा बेठिक भन्ने कुरा हुन्छ ? ’उहांँले भन्नुभयो । एमसीसी ले नेपालको सडक र विद्युत ट्रान्सिमसन लाईनृबन्न लागेको भन्दै यो जनताको हितमा रहेको उहांँको भनाई थियो ।
बांँदर प्रवृत्ति र दोहोरो चरित्रका कारण एमसीसी पास गर्न समस्या भयो : प्रवक्ता महत
बांँदर प्रवृत्ति र दोहोरो चरित्रका कारण एमसीसी पास गर्न समस्या भयो : प्रवक्ता महत
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु