गैंडाकोट । लायन्स क्लब ईन्टरनेशनल डिष्ट्रिक ३२५ बि २ को दशौं महाधिवेशन गैडाकोटमा सम्पन्न भएको छ । आज सम्पन्न महाधिवेशनले डिष्ट्रिक ३२५ बि २ लाई ४ वटा डिष्ट्रिकमा पुर्नसंरचना गरेको छ । डिष्ट्रिक ३२५ बि २ अब डिष्ट्रिक ३२५ एन क्रमशः डिष्ट्रिक ३२५ पी, आर र एस भएका छन् । आजको महाधिवेशनले हरेक डिष्ट्रिकका गर्भनर, प्रथम भाईस डिष्ट्रिक गर्भनर र द्धितिय भाईस डिष्ट्रिक गर्भनरको चयन गरेको हो ।
डिष्ट्रिक ३२५ आर को गर्भनरमा सिद्धार्थलाल चुके, प्रथम भाईस डिष्ट्रिक गर्भनरमा आर एस महतो र द्धितिय भाईस डिष्ट्रिक गर्भनरमा दिनानाथ न्यौपाने निबिरोध निर्वाचित भएका हुन । नवनिर्वाचित गर्भनर चुकेले आजै डिष्ट्रिकको सचिबमा राजेन्द्र गौतम र कोषाध्यक्षमा सुरेश कुमार श्रेष्ठलाई मनोनयन गरेका छन् ।
डिष्ट्रिक ३२५ एनको गर्भनरमा सि बि चन्द, प्रथम भाईस डिष्ट्रिक गर्भनरमा मुकुट ढकाल तथा द्धितिय भाईस डिष्ट्रिक गर्भनरमा बिनोद कुमार श्रेष्ठ र्नििबरोध निर्वाचित भएका छन् ।
यस्तै डिष्ट्रिक ३२५ एस को गर्भनरमा अमर बहादुर श्रेष्ठ , द्धितिय भाईस डिष्ट्रिक गर्भनरमा टासी डोल्मा तुम्बाहाम्फे निबिरोध निर्वाचित भएका हुन भने प्रथम भाईस डिष्ट्रिक गर्भनरमा मा डि एन अग्रवाल निर्वाचित भएका छन् । उनीसँग उमेश शाह कानु प्रतिस्पर्धामा थिए । अग्रवालले १३२ मत ल्याई बिजयी हुदा कानुले २८ मत प्राप्त गरेका थिए ।
त्यस्तै गरी डिष्ट्रिक ३२५ पी को गर्भनरमा नवराज न्यौपाने निर्वाचित भएका छन् । न्यौपानेले १८१ मत प्राप्त गरी निर्वाचित हुदा प्रतिस्पधी उमङ्ग देवकोटा १२२ मत प्राप्त गरेका थिए । डिष्ट्रिक प्रथम भाईस डिष्ट्रिक गर्भनरमा अर्जुनमान सैंजु निविरोध निर्वाचित भएका छन् । द्धितिय भाईस डिष्ट्रिक गर्भनरमा ३ जना प्रतिस्पर्धी रहेकोमा पुरुषोत्तमभक्त प्रधानाङ्ग १६८ मत प्राप्त गरी बिजयी बनेका छन् । उनका प्रतिस्पर्धी बलराम भट्टराई १३२ मत प्राप्त गरेको निर्वाचन समितिका संयोजक डिके ढुंगानाले जानकारी दिए ।
नारायणी रिसोर्टम भएको उक्त कार्यक्रमको प्रमुख अतिथि पुर्व अन्तराष्ट्रिय निर्देशक सञ्जय खेतान रहेका थिए । प्रमुख अतिथि खेतानले महाधिवेशनका अवसरमा प्रकाशित स्मारिकाको बिमोचन गर्नुका साथै उत्कृष्ट कार्यगर्ने लायनहरुलाई सम्मान समेत गरेका थिए । डिष्ट्रिक ३२५ बि २ का सचिब प्रभाकर पण्डित एवं कोषाध्यक्ष नारायणप्रसाद शर्माले प्रस्तुत गरेको आ—आफ्नो प्रतिवेदन सभाले अनुमोदन गरेको थियो ।
कोभिडका कारणले मतदातालाई मात्र उपस्थित गराई महाधिवेशन सम्पन्न गरिएको महाधिवेशन मुल आयोजक समितिका संयोजक बाल गोपाल चुकेले बताए । महाधिवेशन डिष्ट्रिक ३२५ बि २ का गर्भनर राम प्रसाद भट्टको सभापतित्वमा सम्पन्न भएको थियो । नयाँ निर्वाचित कार्यसमितिले आउदो जुलाई महिनाबाट आफ्नो कार्यकाल शुरु गर्ने छ ।
लायन्स क्लब ३२५ बि २ को दशौं महाधिवेशन : ४ वटा डिस्ट्रिक्टको पुर्नसंरचना
लायन्स क्लब ३२५ बि २ को दशौं महाधिवेशन : ४ वटा डिस्ट्रिक्टको पुर्नसंरचना
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु