चितवन । छ दशकभन्दा बढीको इतिहास बोकेको उद्योग वाणिज्य संघ ,चितवनले व्यवसाय प्रवद्र्धन, सामाजिक विकास तथा उद्योगी व्यवसायीको हकहितको संरक्षण, सम्वद्र्धन र प्रवद्र्धनका क्षेत्रमा उल्लेख्य योगदान दिन सफल भएको छ । वि.सं. २०१६ माघ १९ मा नारायणगढ उद्योग वाणिज्य संघको नाममा स्थापना भएको यस संघले जिल्लाको सामाजिक तथा आर्थिक विकासमा आफूलाई सक्रिय गराउँदै देशको समग्र अर्थतन्त्रमा सहयोग पुर्याउदै आएको कुरा कसैबाट छिपेको छैन । नेपालको निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको संस्थापक सदस्य समेत रहेको उवासंघ,चितवन नेउवामहासंघबाट ‘क’ वर्गमध्ये दर्जनौं पटक उत्कृष्ट संघको रुपमा पुरस्कृत भैसकेको छ । साधारण,कर्पोरेट, वस्तगुत र क्षेत्रीय गरी ५ हजारको हाराहारीमा सदस्य रहेको यस संघको सदस्यता आधार वर्षैपिच्छे बढ्दै गएको मात्र छैन गतिविधिहरु पनि त्यसरी नै बढ्दै गएका छन् ।
‘पिपिपि’मा उदाहरणीय योगदान
सन् २००५ मा सार्वजनिक निजी साझेदारी ( पिपिपि) मा उदाहरणीय कार्य गरेबापत संघले अन्तरराष्ट्रिय पुरस्कार प्राप्त गरिसकेको छ । देशकै उद्योग वाणिज्य संघहरु मध्ये पुरानो र चितवनको निजि क्षेत्रलाई अगुवाई गर्दै आएको उवासंघ चितवनले चितवनको आर्थिक विकास तथा सामाजिक विकासमा ठूलो योगदान दिदैं आएको छ । सार्वजनिक नीजि साझेदार अन्तरगत राज्य तथा स्थानीय सरकारसंँको सहकार्य तथा समन्वयमा उवासंघ चितवनले काम गर्दै आएको छ । यसको ज्वलन्त उदाहरण अघिल्लो बर्षमात्रै भरतपुर महानगरपालिकासंँग समन्वय र सहकार्यमा नारायणी नदी किनारमा ‘सी बीच’ मोडलको रुपमा काम अगाडि बढाईसकेको छ । नारायणी नदी किनारको बृहत्तर विकास कार्यक्रम प्रथम चरणमा फुट ट्रायल निर्माणको सम्पन्न भएको छ । भरतपुर महानगरपालिका वडा नम्बर १ मा अवस्थित नारायणी नदी किनारलाई विकास गरि प्रवद्र्धन गरिने भएको छ । चितवन जिल्लाको पर्यटकिय स्थल मध्येको एक महत्वपूर्ण स्थानको रुपमा रहेको उक्त नारायणी नदी किनारलाई ‘सि बीच’ मोडलमा विकास गर्दै प्रमुख पर्यटकीय स्थलको रुपमा प्रबद्र्धन गर्नका लागि भरतपुर महानगरपालिका र उद्योग वाणिज्य संघ–चितवन बीच समझदारी भएको थियो । उद्योग वाणिज्य संघ–चितवनको पहलमा निर्माण हुन लागेको विस्तृत परियोजना प्रतिवेदन अन्र्तगत प्रथम चरणमा फुट ट्रायल निर्माण गरिएको हो । संघ र भरतपुर महानगरपालिका बीच भएको समझादारी बमोजिम उद्योग वाणिज्य संघ–चितवन प्रबद्र्धक एवम् उपभोक्ता रहने गरि कार्य सम्पादन गरिएको हो । उक्त किनारलाई आकर्षक गन्तव्यको रुपमा विकास गर्ने क्रममा प्रथम चरणमा ७५० मिटर लम्बाई रहेको फुट ट्रायल निर्माण गरिएको हो । दैनिक हजारौं आन्तरिक पर्यटक आउने उक्त स्थानलाई प्रवद्र्धन गर्न सकेमा आन्तरिक मात्र नभई वाह्य पर्यटनको समेत आवागमन हुने अपेक्षा छ । परियोजना अन्तरगत नारायणी किनारमा पार्क, सेड, विश्राम स्थल, बंगैचा, हात्ती र गैंडाको मूर्ति, शौचालय लगायतका संरचना बन्नेछन । हाल नारायणी नदी किनारको पूर्वाधार विकासका लागि संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट टेन्डर समेत आव्हान गरिएको छ ।
संस्थागत सामाजिक उत्तरदायित्वका गतिविधिमा बढोत्तरी
उवासंघ चितवनले विगत लामो समय देखि नै संस्थागत सामाजिक उत्तरदायित्वका गतिविधिहरुलाई प्राथमिकताका साथ अगाडि बढाएको छ । शिक्षा, सामाजिक विकास, सामाजिक सुरक्षा लगायतका क्षेत्रमामात्र होइन उवासंघ चितवनले देशभर कोरोना संक्रमणबाट व्यवसायिक क्षेत्र तहसनहस भएको वेला पनि आफ्नो समाजिक दायित्वलाई निरन्तरता दिंदै ७० लाख रुपैयां बराबरको राहत वितरण गरिसकेको छ ।
संघले एकातिर जिल्लाको आर्थिक रुपमा टेवा पुरयाउंँदै आएको छ भने अर्कोतिर संस्थागत सामाजिक उत्तरदायित्व बहन गर्दै आएको छ । यो एउटा गै्रह नाफामुलक संस्था भएपनि यसका दायित्व , भूमिका जिम्मेवारी उत्तिकै रहेकाले आफ्ना गतिविधिहरु पनि सोही अनुसार बढाउँदै आएको छ ।
उवासंघले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कोरोनाका कारण रोजगारी गुमाई दुईछाक खान पनि मुश्किल पर्ने विभिन्न समुदायलाई राहत सामाग्री वितरण गरेको थियो भने । कोराना संक्रमित विरामीलाई अक्सिजन अभाव नहोस भन्ने हेतुले जिल्लाका विभिन्न सरकारी अस्पतालाहरुलाई अक्सिजन सिलिण्डर तथा स्वास्थ्य सुरक्षा सामाग्री वितरण गरेको थियो ।
व्यवसायीको हकहितका लागि सक्रियता
उद्योगी व्यवसायीहरुको हक हित र संरक्षणका लागि सक्रिय रहदै आएको उवासंघ चितवन व्यवसायीको हकहितका लागि थप सक्रिय रहंँदै आएको छ । उवासंघ चितवनले जिल्लाका उद्योगी व्यवसायीलाई उद्योग व्यवसाय क्षेत्रमा आकर्षित गरी राज्य र उद्योगी व्यवसायीको बीच पुलको काम गर्दै आएको छ । उद्योग व्यवसाय सञ्चालन संगै आएका चुनौति समस्याहरुलाई सम्बोधन गर्दै उनीहरुको हक हित र संरक्षणको लागि काम गर्दै आएको छ। व्यवसायीले भोग्नु परेका समस्या, राज्यबाट दिइने झण्झट , दु:खलाई उद्योग वाणिज्य संघले सहजीकरण तथा समन्वय गर्दै आएको यस संघले व्यवसायीको संरक्षकको रुपमा आफूलाइ थप प्रभावकारी भूमिका खेल्दै आएको छ । यस्तै उवासंघले कोरोना कहरका समयमा उद्योगी व्यवसायीलाई बैंकको ब्याज तिर्न समस्या परिररहेका बेला वैंक व्याज मिनाहका लागि संघद्धारा विज्ञप्ति जारी गरेको थियो । उद्योग वाणिज्य संघ–चितवनले २०७७ असार ९ गतेका दिन नेपाल सरकारलाई ज्ञापन पत्र बुझाएको थियो । सो ज्ञापन पत्रमा सरकारी निकायमा हुने भ्रष्टाचार अन्त्य गर्नका लागि स्थापना गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्राधिकार लाई बढाएर अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ लाई मन्त्रीपरिषद्बाट संशोधन गर्दै संसदमा पेश गरिएकोले उक्त मस्यौदा फिर्ता लिनको लागि ज्ञापन पत्र बुझाइएको थियो ।
यस्तै उवासंघ चितवनले मौद्रिक नीति लागु गर्नका लागि २०७७ साउन २८ गतेका दिन संघको सभाहलमा भरतपुरका विभिन्न बैंकहरुका शाखा प्रबन्धकहरु संग छलफल कार्यक्रम सम्पन्न गरेको थियो । नेपाल राष्ट्र बैंकले मौद्रिक नीति लागु गरिसके पश्चात पनि कतिपय बैंक तथा वित्तिय संस्थाहरुले ऋणी व्यवसायीको घर दैलोमानै पुगि वक्यौता रकम असुल गर्ने,नवीकरण शुल्क असुल गर्ने लगायत व्यवसायीलाई मानसीक तनाव दिने जस्ता कार्य गरेको यस्ता कार्यलाई रोक्न बैंकहरुसंँग आग्रह गरेको थियो । यस्तै कोरोना कै समयमा नीजि क्षेत्रलाई परेका समस्या र चुनौतिका बिषयमा कोरोना भाइरस र व्यवसाय बिषयक वेविनार कार्यक्रम सम्पन्न गरेको थियो । उद्यमी व्यवसायीहरुलाई कोभिड १९ को जोखिमबाट बच्दै कसरी उद्यम व्यवसाय सञ्चालन गर्ने भन्ने बिषयमा जानकारी दिने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरिएको थियो ।
व्यवसायिक प्रवद्र्धन
यस उवासंघले जिल्लामा रहेका कृषि, उद्योग, पर्यटन, साना व्यवसाय लगायतका व्यवसायलाई उच्च प्राथमिकतामा राखी लगानी , उत्पादन तथा रोजगारीको वातावरण सिर्जना गर्नपनि उत्तिकै भूमिका खेलेको छ । उद्योग वाणिज्य संघ चितवनको आयोजनामा २०७७ असार २८ गतेका दिन पूर्व प्रधानमन्त्री, नेकपाका अध्यक्ष एवम् चितवन जिल्ला क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य पुष्पकमल दाहाल प्रचण्ड संँग उद्योग व्यवसायको प्रवद्र्धनका विषयमा समसमयिक छलफल गरेको थियो । यस्तै उवासंघ चितवनले उद्योगी व्यवसायी र नवउद्यमीहरुको लागि पनि रचनात्मक तथा सिर्जनशील काम गर्न उक्तिकै सहकार्य गर्दै आएको छ । जसअनुसार उद्योग वाणिज्य संघ–चितवन र देवघाट गाउंँपालिका, तनहूंको संयुक्त आयोजनामा २०७६ चैत २ देखी ४ गते समम उद्यमशिलता विकास तालिम सम्पन्न गरेको थियो । तालिममा ४० जना नवउद्यमहरुको सहभागिता रहेको थियो ।
उवासंघ चितवनले हरेक दुईबर्षमा स्थानीय उत्पादनको प्रर्वद्धन गर्न संभवत नेपालकै ठूलो चितवन महोत्सव जस्तो कार्यक्रम बर्षौंदेखि गर्दै आईरहेको छ । जसले गर्दा स्थानीय कृषि उत्पादन, हस्तकला , लघुउद्यम , स्वरोजगार उद्योगहरुलाई निकै नै ठूलो टेवा पुगेको छ । महोत्सवको हरेक संस्करणमा कुनै न कुनै क्षेत्रलाई प्राथमिकतामा राखेर यसले प्रर्वद्धन गर्दै आएको छ । यसको सकारात्मक प्रभाव चितवनको कृषि क्षेत्रमा परेको छ । चितवन महोत्सवमा गरिएको प्रर्वद्धनका कारण देशभर पोल्ट्री क्षेत्रको प्रर्वद्धनमा ठूलो टेवा पुगेको छ । हालसम्म पनि चितवनमा ६० प्रतिशत पोल्ट्रीजन्य उत्पादनको कारोबार हुँदै आएको छ । यस्तै हरेक संस्करणमा चितवनको कृषि क्षेत्र केरा, मह, तरकारी ,दूध , माछाजस्ता उत्पादनहरु प्रर्वद्धन गर्दा चितवन यस्ता उत्पादनहरुमा आत्मनिर्भर बन्न ठूलो मदत पुगेको छ । यस्तै सरकारी विभिन्न निकायसंँग उद्योगी व्यवसायी उपभोक्ता लगायत अन्य नागरिकलाई आउने समस्या लाई समाधान र सहजीकरण गर्न समेत उद्योग वाणिज्य संघ सक्रिय रहंदै आएको छ । जसअन्र्तगत संघले २०७६ फागुन १ गते ट्राफिक व्यवस्थापन सम्बन्धि छलफल एवम् अन्तरक्रिया कार्यक्रम राखेको थियो ।
भरतपुर महानगरपालिका अन्र्तगत पुल्चोकदेखी लायन्सचोक, पुल्चोकदेखी पोखरा बसपार्क लगायत भरतपुर महानगरपालिकाका व्यवसायीक स्थान र राजमार्गमा रहेको ट्राफिक समस्या समाधानका लागि उद्योग वाणिज्य संघ–चितवनको नेतृत्वमा पहल भएका छन् । जिल्लाको व्यवसायीक केन्द्रको रुप्मा रहेका पुल्चोक, मेनरोड, लायन्सचोक लगायत भरतपुर महानगर क्षेत्रका प्रमुख व्यापार क्षेत्रहरुमा देखिएको पार्किङको समस्या एवम् ट्राफिक समस्याका कारण व्यवसायमा नकारात्मक असर पर्नुका साथसाथै मानवीइय क्षतिमा समेत बृद्धि हुन थालेकाले स्थितिलाई व्यवस्थापनको लागि संघले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरिसकेको छ ।
उवासंघ, चितवनले कोरोना कहरका बेला सबैभन्दा बढी धराशायी भएको पर्यटन क्षेत्रलाई उकास्नको लागि तात्कालिन संस्कृति, पर्यटन तथा तथा उड्डयनमन्त्री बीच भेटघाट एवम् छलफल कार्यक्रम गरेको थियो । सो अवसरमा नारायणी नदी किनारको बृहत्तर विकास एवम् कोभिड १९ का कारण पर्यटन क्षेत्रमा परेको असरका बारेमा छलफल भएको थियो ।
विश्व पर्यटन दिवसको अवसरमा संघले साईकल ¥यालीको आयोजना गरेको थियो । २०७७ आश्विन ११ गतेका दिन चितवन साईकल राईडर्स क्लव संगको सहकार्यमा उक्त साईकल ¥यालीको आयोजना गरिएको थियो । उद्योग वाणिज्य संघ–चितवनले संघको सचिवालयमा २०७७ पुष २० गतेका दिन सचिवालयमा एक कार्यक्रमको आयोजना गरि पूर्वमन्त्रीसंग भेटघाट तथा छलफल कार्यक्रम कार्यक्रम सम्पन्न गरेको छ । चितवन जिल्लाको पर्यटनको विकास,विस्तार र प्रवद्र्धनका विषयमा पूर्व संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगश भट्टराई संग छलफल कार्यक्रम आयोजना गरेको हो । छलफल कार्यक्रममा चितवनको पर्यटकिय बिकासका सम्भावनाका वारेमा जानकारी गराईएको थियो ।
व्यवसायिक क्षमता अभिवृद्धिमा प्रभावकारी भूमिका
उद्योग वाणिज्य संघ–चितवनले २०७७ पुष ६ गतेका दिन संघको सभाहलमा करदाता शिक्षा तथा अन्र्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ । उद्यमी व्यवसायीलाई कर शिक्षा,करको दायरा,कर नीति, करको छुटको व्यस्था, व्यवसाय कर लगायतका विषयमा जानकार गराउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो । उद्योगी व्यवसायीलाई व्यवसायिक बनाउन र रोजगारी अभिवृद्धि गर्ने उद्धेश्यसहित उद्योग वाणिज्य संघ–चितवनको आयोजना एवम् चितनव होटल व्यवसायी संघको सहभागितामा गत मंसीर २८ गतेदेखी शुरु भई पुष १२ गते सम्म संघको तालिम कक्षमा सञ्चालन गरेको थियो । यसैगरी उद्योग वाणिज्य संघ–चितवनको आयोजनामा सोन्दर्यकला सम्बन्धि कार्यशाला सम्पन्न गरेको छ । चितवनको बिभिन्न स्थानमा सौन्दर्यकला व्यवसाय गरिरहेका महिला उद्यमीहरुका लागि लक्षित गरि २०७७ पुष १३ देखि १६ गतेसम्म यो क्षेत्रलाई परिस्कृत गर्दै प्रबद्र्धन गर्ने उद्देश्यले कार्यशालाको आयोजना गरिएको थियो ।