चितवन । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी पार्टीकी नेतृ तथा शहरी विकास मन्त्री रामकुमार झांँक्रीले एमसीसीको बिषयमा आफू दोधारमा परेको बताएकी छिन । आज नेकपा एकीकृत समाजवादी भरतपुरको पार्टी कार्यालयमा प्रतिक्रिया दिंँदै आफूलाई पार्टीको निर्णय स्वीकार गर्ने बताईन । ‘हाम्रो जस्तो गरीब देशलाई एमसीसी पनि चाहिन्छ, यसलाई विचार गरेर, अध्ययन गरेर पास गर्नुपर्छ ।’उनले भनिन । आफू सरकारमा रहेको हुनाले सरकारको विरोध गर्न नसक्ने उनको भनाई छ । ‘म झण्डा भएको गाडी र सुरक्षाकर्मी सहित हिड्ने म नै सडकमा उही सुरक्षाकर्मीलाई ढुंगा हान्न कदापी मिल्दैन ।’ उनले भनिन । आफ्ना पार्टीका नेता र कार्यकर्ता सडकमा आफू सरकारमा रहेको कारण दोधारमा रहेको उनको भनाई थियो । ‘नेपाली कांँग्रेस पार्टी र प्रधानमन्त्री पूर्ण रुपमा एमसीसीको पक्षमा हुनुहुन्छ । म त्यही सरकारको मन्त्री मैले कसरी बिरोध गर्न कहांँ सक्छु र उनले भनिन, अर्कोतिर हाम्रो पार्टीका नेता कार्यकर्ता एमसीसीको बिरोधमा सडकमा हुनुहुन्छ । उहांँहरुले बोलाउंँदैमा जान मिल्छ र ? तर पार्टीले जे कुरा निर्णय गर्छ त्यो चाहिंँ स्वीकार्नुपर्छ ।’ आफू दोहोरो जिम्मेवारीमा भएको कारण आफू यस बिषयमा दोधारमा रहेको उनको भनाई थियो ।