सत्यतथ्य समाचार,
काठमाडौं, १५ फागुन । लामोसमयदेखि चल्दै र अड्किँदै आएको प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ ।
अमेरिकाको मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसीसी) नेपाल कम्प्याक्ट सम्झौता संसदमा टेबुल भएपछि सारिँदै आइएको बैठक आज पुनः बोलाइएको छ । फागुन ८ मा एमसिसी संसदमा टेवुल भएको थियो ।
त्यसमाथि छलफलका लागि यसअघि यही १२ गते र १३ गते बोलाइएको बैठक पनि अन्तिममा आएर रोकिएको थियो । आजको बैठक रोकिने सम्भावना पनि रहेको र एमसिसीमाथि छलफल हुने सम्भावना पनि रहेको बुभिएको छ ।
विवादका बीच आज अपरान्ह १ बजेका लागि बोलाइएको बैठकलाई अर्थपूर्ण रुपमा हेरिएको छ । सत्ता घटक दल नै एमसिसीको विरोधमा रहेका छन् । जसका कारण विगत केही हप्तादेखि सडक आन्दोलनसमेत हुँदै आएको छ ।
नेपाली काँग्रेस एमसिसीको पषमा छ भने एमालेले स्पष्ट धारणा दिइसकेको छैन। नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी विपक्षमा देखिएको छन् ।
पछिल्लो समयमा एमसिसी पनि पास हुने र सत्ता गठबन्धन पनि जोगाउने गरी मध्यमार्गी रणनीति बनाइएको भनेर समाचारहरु बाहिरिएका छन् ।