चितवन । नेपाली काँग्रेस चितवनको पहिलो चरणको निर्वाचनमा राजेश्वर खनालले सर्वाधिक मत ल्याएका छन । दोस्रो सर्वाधिक मत मिलनबाबु श्रेष्ठको रहेको छ । पहिलो चरणको निर्वाचनमा सभापति पदका कुनैपनि उम्मेद्वारले ५१ प्रतिशत मत नपुगे पछि दोस्रो चरणको निर्वाचन हुने भएको हो ।
पहिलो चरणमा राजेश्वर खनालले सर्वाधिक ७४६ मत प्राप्त गरे। यस्तै मिलनबाबु श्रेष्ठले ६६२ मत, उत्तम जोशीले ४७३ मत, कैलाश कोइरालाले ४१२ मत प्राप्त गर्दा डा।सूर्यकान्त घिमिरेले ४२६ मत प्राप्त गरेका छन् । कुल १०१ मत बदर भएको निर्वाचन समितिले जनाएको छ ।
पहिलो चरणको निर्वाचनमा सर्वाधिक मत ल्याउने राजेश्वर खनाल र मिलनबाबु श्रेष्ठले दोस्रो चरणको निर्वाचनमा भिडन्त हुनेछ ।
दोस्रो चरणको मतदान आज ९शनिवार० १२ः३० बजेदेखि सुरु हुने निर्वाचन समितिले जनाएको छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु