चितवन। उद्योग वाणिज्य संघ चितवनमा आवद्ध उद्योगी ब्यवसायीलाई महादिप श्रेष्ठले काम गरेर देखाउनका लागि आफूलाई वाणिज्य तर्फ सदस्यताका लागि मत दिन आग्रह गरेका छन । उद्योग वाणिज्य संघ चितवनको वाणिज्यतर्फको सदस्यका लागि युवा व्यवसायी श्रेष्ठले संघको सोमबार हुने अधिवेशनमा उम्मेदवारी दिएका छन् । आर्थिक रुपान्तरणका लागी उनले अवसर मागेका छन् । युवालाई विश्वास गरेर जिम्मेवारी दिए आफुले परिवर्तन ल्याउने प्रतिवद्धता गरेका हुन् । आफु पदको लागि नभई कामको लागी उमेदवारी दिएको बताए । वाणिज्यतर्फ ६ जनाका लागि १० जना चुनावी मैदानमा छन् । उनी उद्योग वाणिज्य संघ चितवनको यस पटकको अधिवेशनमा श्रेष्ठ सबैभन्दा कान्छो उम्मेदवारका रुपमा देखा परेका छन् । ३१ वर्षका श्रेष्ठ १८ वर्षको उमेरदेखि व्यवसायमा लागेका हुन् ।माडी–१ बरुवाका स्थायी घर भएका श्रेष्ठ अहिले भरतपुरलाई कार्यक्षेत्र बनाएर व्यवसायीयक क्षेत्रमा सक्रिय छन् । मतदान फागुन ३० गते उद्योग वाणिज्य संघ नारायणगढमा हुँदैछ ।
कोकाकोलाको १३ वर्षदेखि अधिकृत बिक्रेता, मारुती सुजुकीको क्षेत्रीय बिक्रेता, अप्टिकल फाइबर सम्बन्धि कारोबारबाट स्थापित बनेका हुन् महादीप । ट्याक्टर डच फायरको बागमती प्रदेश र गण्डकीका लागि आयतकर्ता समेत रहेका महादीप सफल युवा व्यवसायीको रुपमा चिनिन्छन् ।
लियो क्लब अफ नारायणगढ दियालोका पूर्वअध्यक्ष, रोट्¥याक्ट क्लब अफ नारायणी मिड टाउनका पूर्वअध्यक्ष, लियो जिल्ला परिषद ३२५ बीटुका पूर्व एरिया कोर्अडिनेटर, जेसीज माडीका संस्थापक सदस्य समेत रहेका उनी नारायणी कला मन्दिरका सदस्य पनि हुन् । सानैदेखि विभिन्न संघसंस्थामा आबद्ध रहेका उनी सामाजिक सेवामा पहिलेदेखिनै सक्रिय रहंँदै आएका छन ।