चितवन । भरतपुर महानगरपालिकाले रोजगारी सृजना तथा सहकारी प्रर्वधन कार्यक्रम अन्तर्गत सहकारी संघ संस्थाहरुलाई अनुदान स्वरुप बिभिन्न सामाग्री हस्तान्तरण गरेको छ ।
भरतपुर महानगर प्रमुख रेनु दाहाल र उपप्रमुख पार्वती शाह ठकुरीले सहकारीकर्मीहरुलाई समाग्री हस्तान्तरण गरेका हुन् । महानगर भित्रका ७ वटा सहकारीहरुले भरतपुर महानगरबाट अनुदान स्वरुप १७ लाख रुपैयाँ बराबरको सामाग्री पाएका हुन् ।
महानगरले समाज उत्थान कृषि सहकारी संस्था भरतपुर २१ र सर्वोद्धय बहुउद्धेश्यीय सहकारी संस्था भरतपुर ६ लाई ५÷५ लाख बराबरको तोरी मिल प्रदान गरेको छ । यस्तै भागिरथी दुग्ध उत्पादक सहकारी संस्थालाई २ लाखको सामाग्री, नव सुन्दर बहुउश्यीय सहकारी संस्था भरतपुर १४ लाई १ लाख ५० हजारको कम्प्युटर ईन्भटर र प्रिन्टर , चितवन जिल्ला बचत तथा ऋण सहकारी संस्थालाई १ लाख रुपैयाको कम्प्युटर र प्रिन्टर प्रदान गरेको हो ।
त्यस्तै उज्जवल बहुउद्धेश्यीय सहकारी संस्था भरतपुर १४ लाइ १ लाख ५० हजारको कम्प्युटर, प्रिन्टर र फोटोकपी, आत्म निर्भर सामाजिक उद्धमी महिला सहकारी संस्थाभरतपुर २४ लाई १ लाखको कम्प्युटर र प्रिन्टर प्रदान गरेको भरतपुर महानगर सहकारी शाखाकी बिष्णु आचार्य घिमिरेले जानकारी दिईन ।
महानगर देशकै सहकारीको जननी भएकाले महानगरमा यस क्षेत्रमा राम्रो गरेका सहकारीहरुको स्तर बिकासका लागी महानगरले पनि सहकारीहरुलाई यो सहयोग प्रदान गरेको महानगर प्रमुख रेनु दाहालको भनाई छ । सहकारीले समाजमा भएको गरिबीलाई घटाउन योगदान दिएकाले आफुहरुलेपनि सहकारीको बिकासमा ध्यान दिएको उपप्रमुख पार्बती शाह ठकुरीले बताइन ।
भरतपुर महानगर कृषि तथा पशुपन्छि ब्यवसाय प्रर्वधन शाखा प्रमुख तेजेन्द्र पौडेलले महानगरले कृषि क्षेत्रको बिकासमा धेरै ठुलो लगानी गरी परिणाम मुखी काम गरेको बताए ।
भरतपुर महानगरद्धारा सात सहकारीलाई विभिन्न सामाग्री हस्तान्तरण
भरतपुर महानगरद्धारा सात सहकारीलाई विभिन्न सामाग्री हस्तान्तरण
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु