चितवन । चालु आर्थिक बर्ष ०७८,०७९ को अघिल्ला महिनाहरुमा लक्ष्यभन्दा कम असुली गर्दै आएको आन्तरिक राजश्व कार्यालय, भरतपुरले फागुन महिनामा लक्ष्य भन्दा १२ प्रतिशतले बढी राजश्व असुली गरेको छ । मदिराजन्य बस्तुको कारोबारमा बृद्धि हुंँदै जांँदा सो महिनामा लक्ष्य भन्दा ११ दशमलब ७७ राजश्व संकलन गर्न सकेको हो । जस अनुसार विभागले कार्यालयलाई १ अर्ब ६२ करोड २४ लाख २८ हजार लक्ष्य दिएकोमा १ अर्ब ८१ करोड ३३ लाख २२ हजार रुपैयांँ संकलन गरेको छ ।
सबैभन्दा बढी कर असुली अन्तःशुल्कबाट
चालु आबको फागुन महिनामा सबै शिर्षकहरु मध्ये सबैभन्दा बढी राजश्व असुली अन्तशुल्क शिर्षकबाट भएको छ ।
कार्यालयले सो महिनामा अन्तशुल्कबाट १ अर्ब ५२ करोड २८ हजार रुपैंया संकलन गरेको छ । उक्त महिनामा कार्यालयलाई १ अर्ब ३६ करोड ४४ लाख ९० हजार रुपैंयांँको लक्ष्य दिईएको थियो ।
यस्तै दोस्रो बढी कर संकलन आयकरबाट १६ करोड ४५ लाख ५३ हजार रुपैंयांँ असुली भएको छ । यो शिर्षकमा विभागले कार्यालयलाई ६ करोड ७६ लाख चार हजार रुपैंयांँ लक्ष्य दिईएको थियो ।
स्वास्थ्य सेवा शिर्षकमा ४ लाख ९ हजार लक्ष्य दिएकोमा २३लाख ८७ हजार रुपैंया संकलन गरेको छ ।
अन्य शिर्षकमा भने लक्ष्य भन्दा कम कर असुली भएको छ । जसअनुसार बहालकर शिर्षकमा २७ लाख २० हजार रुपैंयांँ असुली भएको छ । यो शिर्षकमा विभागले सो महिनाका लागि ४२ लाख ७३ हजार रुपैंयांँ लक्ष्य दिएको थियो । यस्तै व्याजकर शिर्षकमा फागुन महिनामा ८८ लाख ४९ हजार लक्ष्य दिईएकोमा ४३ लाख ७५ हजार रुपैंयाँ असुली र शिक्षा सेवा कर शिर्षकमा ४ लाख ४८ हजार लक्ष्य दिईएकोमा ६३ हजार रुपैंया असुली भएको छ ।
कार्यालयका कर अधिकृत शुशील लम्सालले विगतमा भन्दा फागुन महिनामा कर असुली सन्तोषजनक रहेको बताए । ‘अघिल्ला महिनाहरुमा कोरोना कहर, सुस्त आर्थिक गतिविधि , क्रयशक्तिमा ह्रास , तरलता अभाव लगायतका कारणले पनि कर असुली लक्ष्य भन्दा कम थियो उनले भने, अहिले मदिराजन्य बस्तुको उत्पादन तथा बिक्री क्रमश बढ्दै गएकोले पनि लक्ष्य भन्दा बढी असुल भएको छ ।’ कार्यालयको अधिकांश राजश्व अन्तःशुल्कमा भरपर्ने भन्दै लम्सालले गर्मी महिना शुरु भएसंँगै , स्थानीय निर्वाचनको ंसंघार र कोरोना कहर सुस्ताउंँदै जांँदा कर संकलन अपेक्षित हुने बताए ।
विभागले कार्यालयलाई चालु आर्थिक बर्ष फागुन महिनासम्म १२ अर्ब ७९ करोड ३० लाख १५ हजार लक्ष्य दिएकोमा १० अर्ब १ करोड ९१ लाख ७ हजार रुपैंया संकलन भएको छ । यो चालु आर्थिक बर्षमा विभागले कुल २१ अर्ब ७२ करोड २१ लाख ७९ हजार रुपैंयाको लक्ष्य दिएको छ ।