सौराहा । लायन्स क्लब ईन्टरनेशनल डिष्ट्रिक ३२५ बी २ नेपालको तेश्रो क्याबिनेट बैठक चितवनको सौराहामा आज शनिवार सम्पन्न भएको छ । पहिलोे दिनको बैठकमा डिष्ट्रिकका जोन तथा रिजोन चियरपर्सन तथा क्याबिनेट अफिर्ससहरुले आ–आफ्नो क्षेत्रमा भएका मानवीय एवं सामाजिक कार्यको प्रगति विवरण तथा भविष्यमा गर्ने कार्य योजना प्रस्तुत गरेका थिए ।
आजको बैठकले डिष्ट्रिक सचिव प्रभाकर पण्डित एवं कोषाध्यक्ष लायन नारायणप्रसाद शर्माद्धारा प्रस्तुत सचि तथा कोषाध्यक्षको प्रतिवेदन पारित गरेको छ । बैठकका अवसरमा उत्कृष्ट कार्यगर्ने क्लबका अध्यक्ष एवं पदाधिकारीहरु, जोन तथा रिजोन चियर पर्सनहरुलाई सम्मान गरिएको थियो । सोही अवसरमा हिरो अफ द क्याबिनेटको रुपमा दिपेन्द्र खतिवडालाई सम्मान गरिएको थियो भने उत्कृष्ट कार्य गर्ने २० जना क्याबिनेट अफिर्ससहरुलाई समेत बिशेष सम्मान गरिएको थियो भने सामाजिक कार्यमा समर्पित लायनहरुलाई गर्भनर मेडल तथा प्रशंसा–पत्र प्रदान गरिएको थियो ।
लायन्स अन्र्तराष्ट्रियको नियम अनुसार हरेक ३÷३ महिनामा डिष्ट्रिकको क्याबिनेट बैठक सम्पन्न हुने । हरेक बैठकमा उक्त अबधिमा भएका कार्यहरुको संमिक्षा गर्दै आगामी महिनाका लागि योजना निमार्ण गर्ने गरिन्छ । कार्यक्रममा डिष्ट्रिकका पुर्व डिष्ट्रिक गर्भनरहरु लायन राजकूमार श्रेष्ठ, अनुपकुमार पहारी एवं लायन्स क्लब ईन्टरनेशनल डिष्ट्रिक ३२५ बि १ भबिश्वर पाण्डे विश्वेश्वर आचार्यले सम्बोधन गनुभएको थियो । कार्यक्रममा लायन्स क्लब ईन्टरनेशनल डिष्ट्रिक ३२५ बी २ का प्रथम भाईस डिष्ट्रिक गर्भनर सि.बि.चन्द, द्धितिय भाईस डिष्ट्रिक गर्भनर नवराज न्यौपाने, क्याबिनेटका अन्य पदाधिकारीहरुको समेत सहभागिता रहेको थियो ।
डिष्ट्रिकका सचिब प्रभाकर पण्डिका अनुसार सो क्याविनेट बैठकमा १००० जना लायनहरुको सहभागिता रहेको थियो । लायन्सको डिष्ट्रिक ३२५ बी २ ले काठमाडौं हुदै बिरंगज, हेटौडा, नारयणगढ हुदै पश्चिम महेन्द्रनगर सम्मको क्षेत्र ओगटेको छ ।
लायन्स क्लब ईन्टरनेशनल डिष्ट्रिक ३२५ बी २ का डिष्ट्रिक गर्भनर लायन रामप्रसाद भट्टको सभापतित्वमा सम्पन्न सो क्याबिनेट बैठकको आयोजना चितवन तथा नवलपुरका लायन्स क्लबहरुले सयुक्त रुपमा गरेका हुन ।