चितवन । सिप्रदी कम्पनीको सिप्रदीयन सहायता संस्था काठमाडौंले विद्यालय तहका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेको छ ।
अटोमोबाइल क्षेत्रमा इलेक्ट्रिसियन रुपमा काम गर्नेका छोराछोरीलाई लक्षित गर्दै पठनपाठनमा सहज होस भन्ने हेतुले उक्त सामाग्री वितरण गरेको हो । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उनीहरुका छोराछोरीलाई पनि पठनपाठनमा सहज र प्रोत्साहन दिन हाल ३५ जना विद्यार्थीलाई उक्त सामाग्री सहयोग गरेको संस्थाले जानकारी दिएको छ ।
शनिबार नारायणगढमा एक कार्यक्रमका बीच उक्त शैक्षिक सामाग्री वितरण गरिएको सिप्रदीको एक्साईड व्याट्रीका आधिकारिक डिलर दुर्गा मोटर्सका प्रबन्ध निर्देशक तथा कार्यक्रमका सहजकर्ता राजेन्द्र भट्टराईले जानकारी दिनुभयो । उहांँका अनुसार विद्यार्थीलाई शैक्षिक सामाग्री हस्तान्तरण गर्नुका साथै योगा तथा स्मरण शक्ति अभिवृद्धि प्रशिक्षण समेत दिईएको थियो ।
उक्त प्रशिक्षणको प्रशिक्षकका रुपमा सिप्रदीका डिपुटी मेनेजर प्रकाश खतिवडा रहनु भएको थियो । कार्यक्रमको सहजीकरण सिप्रदी सहायता संस्थाका सेल्स अफिसर सुमित अर्यालले गर्नुभएको हो । कार्यक्रममा प्रमुख अतिथि नेपाल अटोमेकानिकल व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष तथा नाडाका केन्द्रिय सदस्य गोपाल भट्टराई रहनु भएको थियो ।
सो अवसरमा बोल्दै प्रमुख अतिथि भट्टराईले संस्थाले यसअघि पनि विभिन्न वर्ग, समुदायलाई लक्षित गर्दै सहयोग गर्दै आएको जानकारी दिदैं इलेक्ट्रिसियनका सन्तानहरुलाई सिप्रदीको शैक्षिक सामाग्री वितरणबाट उत्साह मिल्ने बताउनु भयो । उनीहरुको मष्तिस्कलाई ताजगी र स्फूर्ति गराउनका लागि योगा तथा स्मरण शक्ति अभिवृद्धि प्रशिक्षणले थप मदत पुग्ने भट्टराईको भनाई थियो ।
कार्यक्रममा नारायणगढ वरपरका इलेक्ट्रिसयन तथा उनीहरुका छोराछोरीहरुको सहभागिता रहेको थियो । सिप्रदी संस्थाले यस्ता सामाजिक कार्यलाई आगामी दिनमा पनि निरन्तरता दिदैं जाने जानकारी दिएको छ ।