चितवन । नेपाल कम्युनिष्ट पार्टी माओवादीका अध्यक्ष पुष्पपकमल दाहालले भूमिहिनलाई भूमिपति बनाउने माओवादीको संघर्ष सार्थक भएको बताएका छन ।
भरतपुर महानगरपालिकाद्वारा आयोजित भरतपुर महानगरपालिका वडा नम्बर २ आँपटारी क्षेत्रका भूमिहिन दलित परिवारलाई जग्गाधनी प्रमाण पूर्जा वितरण कार्यक्रममा बोल्दै प्रचण्डले बर्षौ देखी आफ्नो पार्टीले भूमिहिन समुदायलाई भूमिपती बनाउने संघर्ष गरेको भन्दै आज यो संर्घषको सार्थक परिणाम आएको बताएका हुन् । यो सार्थक रूपको सुरूवात आज चितवनको भरतपुरबाट सुरू भएको छ ।’ प्रचण्डले भने , सो अवसरमा ४६ घर भूमिहिन दलितहरूलाई पूर्जा वितरण गर्दै प्रचण्डले ३६ सालमा भूमिहिनहरूको समस्यालाई उजागर गरेर आफूले क्रान्तिको सुरूवात गरेको बताए ।
उनले भूमिप्राप्तिको राष्ट्रिय अभियानलाई दुत्र गतिमा अगाडी बढाएर सम्पूर्ण भूमिहिनहरूलाई भूमिपती बनाउँन सरकार र आयोगका पदाधिकारीहरूलाई आग्रह समेत गरे । भूमिहिनहरूले जग्गाधनी पूर्जा पाएसंगै भूमिहिनहरूको पक्षमा संविधानको कार्यान्वयन भएको बताउँदै उनले यो सबैका लागि सुखद शुरूवात भएको बताए ।
फरक प्रसंगमा बोल्दै अध्यक्ष प्रचण्डले प्रतिगामीहरूलाई परास्त गर्दै बनेको गठबन्धनको सरकार राष्ट्र र नेपाली जनताका समस्यालाई दिर्घकालिन रूपमा समाधान गर्न क्रियाशिल रहेको बताए ।
आगामी निर्वाचनमा पनि गठबन्धनमै चुनाबमा जाने सहमति भैसकेको बताउँदै संविधान र परिर्वतनलाई जोगाउन पनि स्थानिय ,संघ र प्रदेशको निर्वाचन गठबन्धनमै जानुपर्ने उनको भनाई थियो
। ‘संविधान र परिर्वतनलाई जोगाउन पनि तीनै तहको निर्वाचन गठबन्धनमा जानुपर्छ ।’ प्रचण्डले भने ।
कार्यक्रममा भूमी ब्यवस्था गरिबी निवारण तथा सहकारी मन्त्री शशी श्रेष्ठले भूमिहिन सुकुम्वासी ,भूमिहिन दलित र अवेवस्थित बसोवासीहरूलाई जग्गा धनी प्रमाण पूर्जा प्रदान गर्दै यो भूमीमा प्राप्तिको अभियान निरन्तर अगाडी बढ्ने बताईन् । उनले भूमिहिन समुदायलाई लालपूर्जा वितरण गर्ने पवित्र अभियान रहेको बताउँदै यस कार्यलाई कुनैपनि निर्वाचन प्रक्रियाले नरोकिने समेत बताईन् ।
मन्त्री श्रेष्ठले असली भूमिहिनू नछुटुन् भन्नेमा सरकार र पार्टी प्रतिबद्द भएको भन्दै आयोगबाट भूमिहिनहरूलाई वितरण गरिएको जग्गा धनी पूर्जा पहिला चितवनबाट सुरू गरिएको समेत बताईन् ।
‘कोही भूमिहिनहरू नछुटुन् र कोही गैर भूमिपतीहरूले भूमिहिनको नाममा जग्गा नपाउन् । ’उनले भनिन ।कार्यक्रममा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भूमिहिनहरूलाई भूमिपती बनाउँने अभियानको सुरूवात भरतपुरबाट सुरू भएको भन्दै आफूले ५ बर्ष अगाडी निर्वाचनका बेला गरेको वचनबद्धताको सूरूवात भएको बताईन ।
उनले भरतपुर महानगरपालिका भित्र रहेका भूमिहिन दलित ,भूमिहिन सुकुम्वासी ,र अव्यवस्थित बसोवासी गर्ने १० हजार ७ सय ७७ जनालाई पूर्जा दिएरै छोड्ने बताईन् ।‘हामीले भरतपुर महानगरपालिका भित्र निश्सा वितरणको काम सम्पन्न गरेका छौ जग्गा नापजा‘चको काम भैरहेको छ तपाईहरू ढुक्कहुनुस् भूमिहिनलाई भूमिपती बनाईन्छ ।’दाहालले भनिन् ।
सो अवसरमा भरतपुर महानगरपालिका वडा २ आँपटारी देबकोटा चोकका भूमिहिन दलितहरूलाई पहिलो चरणमा जग्गाधनी पूर्जा प्राप्त गरेका हुन् ।।
जसिकला बिक ,गंगादेवी विश्वकर्मा ,पूर्णमा विक ,श्याम विक ,रन माया सुनार ,सन्त बहादुर विक ,श्याम बहादुर विश्वकर्मा ,सुकराम कामी,चेलिमाया‘ विक , पाल ब विक ,दिल ब विक ,माया‘ नेपाली लगायत ४६ जनालाई प्रचण्डले जग्गाधनी पूर्जा वितरण गरेका थिए ।
कार्यक्रममा राष्ट्रिय भूमी आयोगका अध्यक्ष केशब निरौला,उपाध्यक्ष नरेन्द्र खड्का,राष्ट्रिय भूमि आयोगका चितवन जिल्ला अध्यक्ष बद्री तिमिल्सिना लगायतले भूमि आयोगले गरेका कामहरू तथा पूर्जा वितरण का बारेमा आफ्ना धारणा राखेका थिए ।