चितवन । नारायणी बचत तथा ऋण सहकारी संस्था भरतपुरले आफ्नो २५ औं बार्षिकोत्सव एवं रजत महोत्सव विभिन्न कार्यक्रम गरी सम्पन्न गरेको छ । एक सातादेखि विभिन्न रचनात्मक तथा सामाजिक कायक्रमको आयोजना गरी बुधबार महोत्सवको समापन गरिएको हो ।
कार्यक्रमको प्रमुख अतिथिको रुपमा बाग्मती प्रदेश भुमिव्यबस्था ,सहकारी तथा गरिवी निवारण मन्त्री बलराम पौडेल रहनु भएको थियो । कार्यक्रम बोल्दै पौडेलले सहकारीले सबैठाउंँमा पहुंच पुग्ने गरी काम गर्नुुपर्ने बताउनु भयो । सहकारीप्रति जनताको आकर्षण बढाई विश्वास जितेर अघि बढ्नु पर्ने उहांँले बताउनु भयो । सहकारीको लगानीयोग्य रकम मध्ये पांँच प्रतिशत रकम विपन्न तथा आर्थिक आयोपर्जनका क्षेत्रमा लगाउनुपर्नेमा जोड दिनुभयो । सो अवसरमा संस्थाको रजत स्मारिका विमोचन गरिएको थियो ।
कार्यक्रमका विशिष्ट अतिथि कार्यक्रममा नेफ्स्कूनका केन्द्रीय उपाध्यक्ष शान्ति अधिकारीले सहकारीले साना साना पुंँजीलाई एकीकृत गरी उत्पादनमुलक क्षेत्रमा लगाउनुपर्ने बताउनु भयो । उहांँले उत्पादन , आयआर्जन र रोजगारी वृद्धिको लागि सहकारीको भूमिका रहेको भन्दै यस क्षेत्रलाई व्यवस्थित र मर्यादित बनाउनुपर्नेमा जोड दिनुभयो ।
अर्का विशिष्ट अतिथि भरतपुर –५का बडा अध्यक्ष पदमपाणी सुवेदीले यस सहकारीले विगत लामोसमयदेखि राम्रो काम गरेको भन्दै वडाको विकासमा सहकारीको भूमिका र योगदान उत्तिकै रहने बताउनु भयो । यस्तै लेखामार्फत हिसाबको पार्दशितामा संस्थाले ढुक्कको वातावरण सिर्जना गरी शेयर सदस्य संगको मधुर व्यवहार, कर्मचारीको सफल समन्वयन एवं समष्टिगत व्यवस्थापनले संस्था सफल बनेको उपाध्यक्ष पुष्प राज भट्टले बताउनु भयो ।
जिल्ला समन्वयन समिति उपाध्यक्ष मुना श्रेष्ठ र चितवन जिल्ला बचत संघ। लि। का अध्यक्ष हरिश्चन्द्र सुवेदी , देवकी गौतम , हिरा न्यौपाने ,युद्ध श्रेष्ठ ,बिष्णुहरी खनिया, युवराज भुषाल, केशब पोखरेल , श्याम ढुंगाना लगाएतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
लगायतले बोल्नु भएको थियो ।सो अवसरमा विभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको थियो । संस्थाका सदस्यका अभिभावक, संस्थाका ज्येष्ठ नागरिक , उत्कृष्ट कर्मचारीलाई सम्मान गरिएको हो । संस्थाको संरक्षण , प्रर्वद्धन तथा सर्वद्धनमा उत्कृष्ट योगदान दिएको भन्दै उनीहरु सम्मानित भएका हुन् । संस्थाको विकास, प्रर्वद्धनमा भूमिका निर्वाह गरिएको भन्दै संस्थाका सह-सचिव हरि कृष्ण अधिकारी पनि सम्मानित हुनुभएको थियो । सो अवसरमा बोल्दै सह-सचिव अधिकारीले संस्थाले विश्वासिलो, भरपर्दो र छिटो छरितो तवरले ग्राहकको मन जित्न सफल रहदैं आएको यस संस्थाले आँउदो दिनमा अझ सशक्त रुपमा बजारमा स्थापित हुनेमा विश्वस्त रहेको बताउनु भयो । कार्यक्रमको सभापतित्व संस्थाका अध्यक्ष केशब बहादुर पौडेलले गर्नुभएको थियो ।
संस्थाले रजत महोत्सवको अवसरमा सरसफाई, रक्तदान, समाज रुपान्तरणका लागि सहकारी अभियान अन्तर्गत वक्तृत्व कला प्रतियोगिता र जनचेतना मुलक लगायतका कार्यक्रम गरि मनाएको थियो ।