चितवन । लामोसमयसम्म पोल भाडा तिर्न अटेर गर्ने इन्टरनेटर तथा केबल सेवा प्रदायकको विद्युतीय लाईन काटिने भएको छ । नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रले पटक पटक ताकेता गर्दा पनि बक्यौता रकम तिर्न अटेर गर्ने केही कम्पनीको कार्यालयको विद्युत प्रवाह गर्ने तयारी गरेको हो ।
अझैपनि करीब ८० लाख बक्यौता उठाउन बांँकी रहेको केन्द्रका ईञ्जिनियर राजेन्द्रले पौडेलले जानकारी दिए । उनका अनुसार अझै तीन वटा सेवा प्रदायकले पोल भाडा तिर्न बाँकी रहेको केन्द्रका इन्जिनियर राजेन्द्र पौडेलले जानकारी दिए । भायनेटको ४३ लाख , क्लासिक टेक २२ लाख र सिम टिभीको पोल भाडा तिर्न अटेरी गर्दै आएका छन् । पोल भाडा अटेरी गर्नेलाई कार्यालयमा गएर विद्युत लाइन काटिने उनले जानकारी दिए ।
‘अझैपनि हामी ताकेता , र समय दिन्छौं , फेरीपनि अटेर गरे कार्यालयमै गएर विद्युत लाईन काट्नेछौं ।’ उनले भने पोलमा रहेको तार काट्दा सेवाग्राहीको सेवा अवरुद्ध हुने भएकोले कार्यालयको विद्युत अवरुद्ध गर्न लागिएको हो । विद्युत अवरुद्ध भएपछि जेनेरेटर चलाउनु पर्ने बाध्यता हुने भएकोले सेवा प्रदायकले भाडा तिर्न पनि बाध्य हुनेछन । यस्तै चालु आर्थिक बर्ष ०७७,७८ देखि हालसम्म भरतपुरमा १४ वटा इन्टरनेट तथा केबुल सेवा प्रदायक संस्थाले विजुलीको पोल भाडा तिरेका छन् । नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका अनुसार हालसम्म १४ वटा सेवा प्रदायकले एक करोड ३५ लाख ३९ हजार ९७३ रुपैयाँ भाडा तिरिसकेका छन् ।