चितवन । चितवन अटोमोवाइल्स एशोसिएसन र अटोमोवाइल्स बचत तथा ऋण सहकारी संस्था लि. नयांँ बर्ष २०७९को अवसरमा शुभकामना आदान प्रदान गरेको छ । साथै यस अवसरमा यी दुई संस्थाले क्यालेण्डर विमोचन तथा वितरण गरेका छन । शुभकामना आदान प्रदानको उद्धघाटन प्रमुख अतिथि उद्योग वाणिज्य संघ, चितवनका प्रथम उपाध्यक्ष चिरञ्जीवी सुवेदी गरेका थिए भने , क्यालेण्डरको विमोचन प्रमुख अतिथि सुबेदी सहित एशोशियसनका अध्यक्ष कृष्ण प्रसाद भण्डारी,साकोसका अध्यक्ष भीमलाल न्यूरे, निवर्तमान अध्यक्ष अमृत जोशी, नाडाका केन्द्रिय सदस्य गोपाल भट्टराई, , चितवन अटोमेकानिकल व्यवसायी संघ अध्यक्ष प्रेम प्रसाद पाण्डे लगायत सम्बद्ध अन्य संस्थाका अतिथिहरुले गरेका थिए । कार्यक्रममा सामुहिक व्यापार सञ्चालन गर्न वक्ताहरुले जोड दिएका थिए ।
शुभकामना कार्यक्रममा बोल्दै प्रमुख अतिथिले एशोसिएसन उवासंघको वस्तुगत अन्र्तगतको संघ भएकोले आफूले सक्दो सहयोग गर्ने बताए । उनले नयांँ बर्षको शुरुवात संँगै सामुहिक व्यापार सञ्चालनका लागि गरिएको प्रयासको प्रशंसा गरे । उनले कोरोनाले धराशायी बनेको यस व्यवसाय नयांँ बर्षको शुरुवाती संँगै नयांँ जोश जांँगर उत्साहका साथ अघि बढ्न शुभकामना दिए ।
एशोसियसनका पूर्व अध्यक्ष शिवराज गिरीले कोरोनाको कालखण्डबाट व्यवसायी गुज्रेको भन्दै अब सामुहिक व्यापारबाट व्यवसायी हरु उद्यमी बाट उद्योगी बन्नु पर्नेमा जोड दिए । नयांँ बर्षको शुरुवात संँगै सामुहिक व्यापारका लागि जग्गा खोजी तथा दर्ता प्रक्रिया बढेको उनले बताए । एशोसियनका संस्थापक अध्यक्ष निरकुमार पियाले संस्थाको उत्तरोउत्तर प्रगतिको कामनाको गरे ।
एशोसिएसनका अध्यक्ष भण्डारीले स्वागत मन्तव्य दिंँदै नयांँ बर्षसंँगै सामुहिक व्यापारको लागि संस्था अघि बढेको र अटोल्याण्डको लागि पनि स्थानीय सरकार सकारात्मक रहेको र छिट्टैनै काम शुरु हुने विश्वास व्यक्त गरे । अटोमोबाइल साकोसका अध्यक्ष तथा कार्यक्रमका सभापति न्यूरेले सामुहिक व्यापार एवं अटोल्याण्ड व्यवसायीको मात्रै खांँचोको विषय मात्र नभई जिल्लाकै आवश्यकता क्षेत्र रहेको बताए । यस क्षेत्रलाई व्यस्थित नबनाए व्यवसायी पलायन हुनुपर्ने अवस्था आउने भन्दै उनले व्यवसायलाई जोगाउन राज्यको पनि उत्तिकै दायित्व रहेको बताए । पछिल्लो समय वित्तिय सहकारीको विश्वास बढ्दै गएकोले सहकारीहरुले पनि प्रविधि मैत्री भई बैंकसंँग प्रतिस्पर्धा गर्नसक्नुपर्ने उनको भनाई थियो ।
कार्यक्रममा उवासंघ,चितवन कार्यसमिति सदस्य एवं काडाका अध्यक्ष राजन पिया,चितवन रिकण्डीसन संघका अध्यक्ष सूर्य अधिकारी, अटोमेकानिकल बचत तथा ऋण सहकारीका अध्यक्ष नारायण कंडेल, उपाध्यक्षहरुमा कुल बहादुर क्षेत्री, राजेन्द्र भट्टराई, ,देवी प्रसाद बराल ,पूर्व अध्यक्ष तथा शेयर सदस्यहरु लगायतको सहभागिता रहेको थियो । शुभकामना आदान प्रदान तथा क्यालेण्डर वितरणको संयोजन रामशरण भट्टराईले गरेका हुन् ।