चितवन । नेपाली काँग्रेस चितवनको नेतृत्वले भरतपुर महानगरपालिकाको प्रमुखमा स्वतन्त्र उमेदवारी दिएका नेपाली काँग्रेसका नेता जगन्नाथ पौडेललाई भेट गरेको छ । सभापति राजेश्वर खनालको नेतृत्वमा गएको टोलीले पूर्व सांसद पौडेललाई भेटेर आफ्नो निर्णयमा पुर्नविचार गर्न आग्रह गरेका हुन् ।
मंगलवार साँझ कृष्णपुर स्थित पौडेल निवासमा काँग्रेसका नेताले सस्ंथागत रुपमै आग्रह गरेका हुन् । , टोलीमा उपसभापति राजिव न्यौपाने र सचिव सुर्य अर्याल सहभागी थिए । ‘ तपाई जुन बाटो हिड्दै हुनुहुन्छ त्यो बाटोमा पूर्नविचार गर्न आग्रह ग¥यौ , ’ सभापति खनालले भने , ‘ उहाँलाई हामीले आफ्नो तर्फबाट कुरा ग¥यौ । उहाँले पूर्नविचार गर्नुहन्छ भन्ने विश्वास गरेका छौ । ’ गठबन्धनको निर्णय अनुसार पार्टीलाइृ सहयोग गर्न पनि टोलीले आग्रह गरेको थियो ।
गठबन्धनले भरतपुरको महानगर प्रमुखमा नेकपा माओवादी केन्द्रलाई दिएर उपप्रमुख काँग्रेसले लिएको छ । उपप्रमुख सहित २९ वडा मध्ये काँग्रेसले २० वटा वडा लिएको छ । काँग्रेसलाइृ प्रमुख नदिएको भन्दै असन्तुष्ट पौडेलले स्वतन्त्र उमेदवारी हालेका थिए । उनलाई उम्मेद्बारी फिर्ता गराउन जिल्ला समितिले भेट गरेको हो ।