बैशाख १४, चितवन । प्रचण्ड आएर फर्केको भोलिपल्टनै आज गृहमन्त्री बालकृष्ण खांँड चितवन आईपुगेका छन । चितवनका असन्तुष्टी भएका कांँग्रेस नेता कार्यकर्तालाई सम्झाउन उनी चितवन आईपुगेका हुन् । आज भरतपुर विमानस्थलमा संचारकर्मी संँग कुरा गर्दै गृहमन्त्री खांँडले आफूलाई चितवनका नेता,कार्यकर्ता तथा मतदाताप्रति पूर्ण विश्वास रहेको बताए । ‘मलाई विश्वास छ , उहांँहरुले गठबन्धन विरुद्ध दिएको उम्मेदवारी फिर्ता गर्नुहुनेछ । गठबन्धलाई समर्थन गर्नुहुनेछ । ’उनले भने ।
गठबन्धनले गरेको निर्णयहरुलाई यहांँका कांँग्रेसजनले साथ दिने उनको भनाई छ । आफू चितवनसंँग नजिक रहेको भन्दै कांँग्रेसको प्रतिष्ठा जोगाउन , मतदातालाई कसरी बुझाउने बिषयमा आफूले छलफल गर्ने उनले बताए । आफूभन्दा पनि कतिपय अग्रज नेता ,कार्यकर्ताहरु यहांँ रहेको भन्दै उनीहरुले आफ्ना् उम्मेदवारी फिर्ता लिने कुरामा ढुक्क रहेको उनले बताए । ‘म पार्टीको भातृसंगठनमा रहंँदा चितवनमा आफू थाना चौकीमा सहभागी रहेको छु । यहांँका सबैसंँग म नजिक छु । उहांँहरुलाई सम्मान गर्दै सबैसंँग छलफल गर्नेछु ।’
बैशाख १६ गते सम्म मनोनयन फिर्ता गर्ने समय रहेकोले असन्तुष्टी पक्षले दिएको मेयरको उम्मेदवारी फिर्ता हुनेमा आफू आश्वस्त रहेको उनको भनाई छ । आज गृहमन्त्री खांँड यसपछि चितवनको कांँग्रेस पार्टी कार्यालयमा छलफल रहने कार्यक्रम रहेको छ । गठबन्धन विरुद्ध कांँग्रेसको असन्तुष्टी पक्षले मेयर पदमा जगन्नाथ पौडेललाई उम्मेदवारी उठाएपछि यसको विवाद मिलाउन खांँड चितवन आईपुगेका हुन् ।