खैरहनी । आसन्न स्थानीय निर्वाचनको लागि मुलुक निर्वाचनमय छ । देशभर जनप्रतिनिधिका उमेद्वारहरु आ आफ्नो पालिका एवं वडामा मत माग्न व्यस्त छन । देशभर सत्तागठबन्धन पक्ष र विपक्षी गठबन्धन हरु चुनावी प्रतिस्पर्धीमा होमिएका छन । कतै गठबन्धन गरेर त कतै एकल चुनावी मैदानमा उमेद्धवारहरुले घरदैलो अभियानलाई तीब्रता दिएका छन । स्थानीय चुनावमा देशभर मध्ये सर्वाधिक चर्चामा आउने जिल्ला हो चितवन ।
चितवनका सातवटा पालिका मध्ये भरतपुर महानगरको चुनावी माहोल थप तातिएको छ । भरतपुर महानगरपालिका जस्तै यसका अन्य पालिकाहरुमा पनि आ आफ्नो मत हात पार्न उमेद्वारहरु पार्टीका कार्यकर्ता नेता सहित घर दैलोमा होमिएका छन ।
चितवनको खैरहनी नगरपालिका वडा नम्बर ५ को चुनावी माहोलको दृश्य भने अलि फरक छ । यहांँ पांँचदलीय गठबन्धन बीच तालमेल हुन नसकेपछि अहिले माओवादीका उमेद्वार प्रकाश कुंँवर एकल रुपमा चुनावी मैदानमा होमिएका छन । युवा तथा समाजसेवी भएका कारण पनि उनीप्रति मतदाताको आकर्षण बढ्दो छ । घरदैलो अभियानका क्रममा प्रतिक्रया दिदै कुंँवरले भने, ‘मैले अपेक्षा गरेभन्दा बढी मतदाताको मन र मत पाएको छु । म यसलाई अवमुल्यन हुन दिंँदिन ।’ उनले आफ्नो वडाका अधिकांश टोल, हरेक घर मत मागिसकेको बताए । आफू निर्वाचित भएर आए वडावासीको चाहना अनुसार मुहार फेर्ने कुंवरको प्रतिबद्धता छ । ‘एकपटक मौका दिनुहोस मैले दिएको वाचा कदापि खेर फाल्दिन ।’ उनले भने । आफू यस वडाको पुरानो वासिन्दा र यहांँका हरेक समस्यासंँग परिचित भएकोले पनि मतदाता आफ्नो पक्षमा रहेको उनको भनाई छ ।
कुंँवर विगत विद्यार्थी आन्दोलन देखि सक्रिय हुंँदै जनआन्दोलनमा पनि सक्रिय रुपमा सहभागी हुंँदै आएका उमेद्वार हुन । आफ्नो पेशा अध्यापन रहेका कारण पनि मतदाताले विश्वास र भरोसा गरेका उनको भनाई छ । आफ्नो पक्षमा माहोल बढ्दै गएको भन्दै आफू जितको नजिक पुगेको उनले दाबी गरे । सो वडामा अध्यक्ष कुंँवर सहित माओवादी केन्द्रबाट सदस्य पदका लागि राजकुमार सुवेदी विनुू , राजमणी चौधरी, भोजिया महतो चौधरी र शिरमाया सार्की चुनावी मैदानमा प्रतिस्पर्धामा रहेका छन । चुनावी घरदैलोको संयोजन रामजी कुंँवरले गरेका हुन् ।