भरतपुर÷भरतपुर महानगर ९ बिहानी टोलका लेखबहादुर परियारले ७५ बसन्त पार गरि सके अझै पनि सक्रिय छन् । कपडा सिलाएर दैनिक गुजारा चलाउँछन् । यो उनको पूख्र्यौली पेशा हो ।
सानो हुँदा हाते मेशिन चलाएर सिलाइको काम सुरु गरेका परियारले अहिले खुट्टाले चलाउने मेशिनबाट कपडा सिलाएर दैनिक गुजारा चलाएका छन् । उनलाई बिजुली बाटचल्ने मेसिन चलाउँने औधि रहर छ । उनी भन्छन ‘बुढेसकाल लाग्यो खुट्टा झुण्ड्याई चलाईरहँदा सुन्निन र करकर खान थालेको छ ।’
२०३७ सालमा धादिङबाट चितवन झरेका तेजबहादुरलाई पछिल्लो चार पाँच वर्षको विकास देख्दा अचम्म लाग्छ । उनी भन्छन् केही वर्ष अगाडि सम्म हाम्रै घर अगाडिको यो बाटो धुलो उडेर हैरान हने अवस्था थियो । जताततै भैसी आहाल बस्ने जस्ता खाल्डा हुन्थे । हिउँदमा धुलोले बर्खामा हिलोले बाटो हिड्न समेत मुश्किल थियो । तर अहिले सबै बाटोहरु पीच भएका छन् । हिउँद वर्खा उस्तै छ ।
राजनीतिका बारेमा खासै नबुझे पनि विकासको बारेमा भने उनले बुझेका छन । यो बाटो बनाउनेहरुलाई फेरीपनि भोट हाल्नु पर्छ भन्छन उनी । ‘यस अघिका चुनावमा के भयो कसलाई भोट हालियो भन्दा पनि यस पटक रेनु दाहाललाई मेयर बनाउनुपर्छ भन्ने सुनेको छु । यो विकास पनि उनैले गरेको भन्ने सुनेको छु फेरी पनि एक पटक रेनु दाहाललाईनै मेयर बनाउनु पर्छ’ उहांँ मेयर बनेको हेर्न चाहन्छौं ।’उनले भने ।