चितवन । आइतबार सांँझ सांँढे ७ बजे नेपाली कांँग्रेस वागमती प्रदेश अधिवेशन प्रतिनिधि अनिल परियारको पाशविक र निर्मम हत्याप्रति नेपाली कांँग्रेस वागमती प्रदेशको गम्भिर ध्यानाकर्षण भएको छ । वागमती प्रदेशका सभापति ईन्द्र बांँनियाद्धारा आज जारी विज्ञप्तिमा नेपाली कांँग्रेस र गठबन्धनलाई कमजोर बनाउन यस आपराधिक क्रियाकलापको निन्दा गरिएको छ । ‘स्थानीय निर्वाचनको पूर्वसन्ध्यामा जुझारु सदस्य परिवारको हत्या हुनु लोकतन्त्र ,आवधिक निर्वाचन र वाक स्वतन्त्रताको प्रहार मात्र नभई वर्तमान गठबन्धनविरुद्ध समेत भएको हाम्रो ठहर छ ।’ विज्ञप्तिमा भनिएको छ ।
परियारको हत्यामा संलग्नलाई यथाशिघ्र कानुनी दायरामा ल्याई कडाभन्दा कडा कारवाहीकोे माग गर्नुका साथै यस्ता घटना नदोहोरिन सुरक्षा निकायलाई विज्ञप्ति मार्फत सचेत गराईएको छ । समितिले निर्वाध र निस्पक्ष ढंगले चुनावी अभियान सञ्चालन गर्दै भयरहित वातावरण बनाउन सबै पक्षसंँग अपिल समेत गरेको छ । परियारको दिवंगत आत्माको शान्तिको कामना गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना प्रकट गरिएको छ ।