चितवन । भरतपुर महानगरपालिका वडा नम्बर ७ स्थित कृष्णपुर माविको मतदानस्थलमा फोटो र भिडियो खिच्न पुगेका पत्रकारहरूको दुव्र्यवहार गरिएको घटना प्रति नेपाल प्रेस युनियन चितवनको गम्भिर ध्यानाकर्षण भएको छ । आज (शुक्रबार) उक्त मतदानस्थलमा समाचार संकलनका लागि मतदानस्थल पुगेका पत्रकारमाथि दुव्र्यवहार भएको विज्ञप्तिमा उल्लेख छ।
प्रेस युनियन चितवन शाखाका अध्यक्ष अनिल ढकालद्धारा जारी विज्ञप्तिमा भरतपुरको मेयरका स्वतन्त्र उमेदवार जगन्नाथ पौडेलले गर्न लागेको मतदानको फोटो र भिडियो खिच्न पुगेका पत्रकारलाई नेपाली कांग्रेस भरतपुर ७ का नेपाली कांँग्रेसका कार्यकर्ताहरुले गरेको दुव्र्यवहार प्रति प्रेस स्वतन्त्रताको हस्तक्षेप भएको ठहर गर्दै निन्दा गरिएको छ । साथै जिल्लाका अन्य मतदान केन्द्रमा पत्रकारलाई समाचार संकलनमा रोक लगाईएको भन्दै युनियनको गम्भिर ध्यानाकर्षण भएको विज्ञप्तिमा जनाईएको छ । ‘आगामी दिनमा यस्ता घटनाहरु नदोहोरयाउन सम्बन्धित सबैको ध्यानाकर्षण गराउंँछौं ।जनताको सूचना पाउने अधिकारलाई कुण्ठित नगरी प्रेस स्वतन्त्रताको पक्षमा गम्भिर हुन सबैमा आग्रह गर्दछौं ।’ विज्ञप्तिमा उल्लेख छ ।
पत्रकारलाई दुव्र्यवहार गरिएको प्रति प्रेस युनियन चितवनको गम्भिर ध्यानाकर्षण
पत्रकारलाई दुव्र्यवहार गरिएको प्रति प्रेस युनियन चितवनको गम्भिर ध्यानाकर्षण
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु