चितवन । भरतपुर माहनगरपालिकाले वन्यजन्तुबाट प्रभावितको क्षतिपूर्तीका लागि तयार गरेको बताएको छ । रास्ट्रिय मानव अधिकार आयोग बागमती प्रदेशको आयोजना र चितवन राष्ट्रिय निकुञ्जको समन्वयमा आज कसरामा आयाजित भएको बाताबरण र बिकासको अधिकार विषयक प्रादेशिक सम्मेलनमा बोल्दै महानगरपालिकाका उप प्रमुख चित्रसेन अधिकारीले सो कुरा बताउनु भएको हो । उहांँले वातावरण र निकुञ्जलाई असर नपर्ने गरी विकास गर्नुपर्ने पनि बताउनु भयो ।
‘वाताबरण र निकुञ्जलाई असर नपर्ने गरि बिकास गर्न आबश्यक छ उहाँले भन्नू भयो, बिकास र बाताबरण दुबै नबिग्रने गरि समन्वय गरेर अगाडि बढनु पर्छ । ’ उप प्रमुख अधिकारीले माहानगर खर रहित घर बनाउने अभियानमा जुटेको पनि बताउनु भयो ।
सम्मेलनमा चितवन राष्ट्रिय निकुञ्जका प्रमुख सरक्षण अधिकृत हरिभद्र आचार्यले वाताबरण र बिकासको अधिकारका सम्बन्धमा स्थानीय सरकारसग समन्वय हुनु पर्नेमा जोड दिनु भयो । ‘निकुञ्जलाई अहिले बन्यजन्तुको बासस्थान र आहारा चुनौतीको विषय बनेको छ आचार्यले भन्नुभयो अब त्यसको लागि स्थानीय सरकार, निकुञ्ज,सरक्षणकर्मि र मानव अधिकारकर्मीले अग्रसरता देखाउनु पर्छ । ’
सो कार्यक्रममा बोल्दै मध्यबर्ती क्षेत्र ब्यबस्थापन समितिका अध्यक्ष प्रकाश ढुङ्गानाले निकुञ्जबाट प्रभावित क्षेत्रका जनतालाइ बासस्थानको प्रत्याभुत नगराउँदा सम्म सरक्षणमा चुनौती रहेको बताउनु भयो । ढुङ्गानाले राज्यले छुट्टै नीति बनाएर निकुञ्ज आसपासमा रहेका जनताको सरक्षण गर्नु पर्नेमा जोड दिनु भयो । भरतपुर माहानगर पालिका वडा नम्बर २५ का वडा अध्यक्ष छबिलाल सापकोटाले बन्यजन्तु र मानव बिचको सुमधुर सम्बन्ध रहने गरी नीति बन्नुपर्ने र तत्कालै कार्यान्वयनमा ल्याउनु पर्नेमा सुझाव दिनु भयो । सम्मेलनमा २२ वटा मध्यबर्ती क्षेत्रका प्रतिनिधिहरुको सहभागीता रहेको छ । सन २०१८ को गणना अनुसार नेपालमा बाघको संख्या २ सय ३५ रहेको छ भने चितवन राष्ट्रिय निकुञ्जमा ९३ वटा मात्रै बाघ रहेका छन । त्यसैगरी सन २०२१ को गणना अनुसार नेपालमा ७ सय ५२ वटा गैडा रहेकोमा हाल निकुञ्जमा ६ सय ९४ वटा रहेका छन । यस्तै निकुञ्जमा ४० देखि ४५ वटा जगली हात्ती रहेका छन भने निकुञ्जको दैनिक गस्ती पेट्रोलिङ्ग सुरक्षाको लागि प्रयोग हुने घरपालुवा हात्तीको सख्या ५५ भन्दा बढी रहेको निकुञ्जको तथ्यांक छ ।