चितवन । नेपाली कांँग्रेसका प्रवक्ता डाक्टर प्रकाशशरण महतले गठबन्धनले निरन्तरता दिने बताउनु भएको छ । नेपाल प्रेस युनियन चितवनले आज भरतपुर विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै गठबन्धनकै कारण स्थानीय निर्वाचनमा सकारात्मक परिणाम आएको बताउनु भयो । ‘गठबन्धनले आगामी निर्वाचनसम्म पनि निरन्तरता हुन्छ , सहकार्य हुन्छ ।’उहांँले भन्नुभयो । गठबन्धनमा राम्रो तालमेल भएकै कारण स्थानीय निर्वाचनमा सफल परिक्षण भएको बताउनु भयो । ‘यस निर्वाचनबाट सबैको दृष्टिकोण र सबै सन्तुष्ट भएको कुरा स्पष्ट छ । ’उहांँले भन्नुभयो । गठबन्धनकै कारण कांँग्रेस र माओवादी केन्द्र दुबैलाई फाईदा भएको उहांँको भनाई थियो ।
प्रचण्डले हालै मात्रै दिनुभएको अभिव्यक्तिको बिषयमा पत्रकारलाई जवाफ दिदैं उहांँले प्रचण्डले दिएको अभिव्यक्तिले खासै फरक नपार्ने बताउनु भयो । ‘उहांँले प्रशिक्षणका क्रममा कार्यकर्ता वर्कसलाई एडजष्ट गर्ने क्रममा भन्नुभयो होला, डाक्टर महतले भन्नुभयो, कहिले कांँही यस्ता अभिव्यक्ति आउने गर्छन । यसले कांँग्रेसलाई खासै फरक पार्दैन ।’ कांँग्रेस जितेर आउंँदा मात्तिने हार्दा मात्तिने पार्टी नभएको भन्दै कांँग्रेस अहंकारको बाटोमा नहिड्ने बताउनु भयो । ‘हामी वास्तविकताको धरातलमा उत्रिएर राजनीति गर्छौं, उहांँले भन्नुभयो, अहंकार कांँग्रेसको चरित्र र बिशेषता भित्र पनि पर्दैन । एमालेको नेतृत्व जस्तो कांँग्रेस अहंकारको बाटोमा हिंड्छ भन्ने छैन ।’
गठबन्धनको बैठकमा सार्बजनिक भएको बिषय र लिखित रुपमा आएका बिषयले मात्र अर्थ राख्ने उहांँको भनाई थियो । ‘जे नेतृत्वतहमा सहमती बनेको छ । त्यही अनुसार उहाँहरु पनि प्रतिबद्ध हुनुपर्छ । व्यवहारमा पनि प्रतिबद्ध हुनु पर्छ । हामी पनि त्यसमा प्रतिबद्ध छौ ।’ उहांँले भन्नुभयो ।