चितवन । चितवनमा नयांँ प्रजातिको चरा भेटिएको छ । खैरहनी नगरपालिका वडा नम्बर ११ स्थित खेतबारीमा ‘चाईनिज पण्ड हेरोन’ चरा देखिएको हो । चराविद डाक्टर हेमसागर बराल, बासु विडारी, टिकाराम गिरी लगायत संरक्षणकर्मीको टोलीले उक्त चरा भेटेका हुन्
नेपाल पक्षीविद संघ बाग्मती प्रदेशका संयोजक बासु विडारीले केही दिन अघि वकुल्ला प्रजातिका चरा भेटिएको जानकारी दिनुभयो । ‘यो चाईनामा धेरै देखिने चरा हो उहांँले भन्नुभयो , यो अलि बकुप प्रजातिको हो , सुन्दर र लज्जालु स्वभावको हुन्छ ।’ नयांँ चरा भेटिसंँगै यसलाई मंगलबार मात्रै प्रमाणित गरिएको उहांँले बताउनु भयो ।
यो चरा फिरन्ते चरा भएको र यहांँ माउले छाडेर गएको हुन सक्ने वा बगलबाट छुटेको हुन सक्ने उनको भनाई छ । यो संँगै चितवनमा ६५० प्रजाति र नेपालमा ८९१ प्रजाति चरा रहेका छन ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु