चितवन । नेपालमै दक्ष जनशक्ति उत्पादन र आपुर्ति कसरी गर्न सकिन्छ भन्ने बिषयमा सरोकारवालाबीच संवाद गरिएको छ । सप्तगण्डकी क्याम्पस ,भरतपुरको आयोजना र उद्योगवाणिज्य संघको सहआयोजना र विश्वविद्यालय अनुदान आयोगको सहयोगमा नारायणगढमा ईन्डष्ट्री एकेडिमिया डाईलग (उद्योग प्राज्ञिक संवाद) बिषयमा संवाद तथा छलफल गरिएको थियो । उक्त कार्यक्रममा विश्व विद्यालयका तथा क्याम्सका प्राज्ञिक व्यत्तित्व, उद्योगी व्यवसायी , बैंकर्स लगायतको सहभागिता रहेको थियो । उक्त कार्यक्रममा चारवटा कार्यप्रस्तुत गरिएको थियो ।
कार्यक्रमको उद्धघाटन सत्रमा बोल्दै प्रमुख अतिथि कृषि तथा वन विश्वविद्यालय रामपुरका रजिष्ट्रार डाक्टर शारदा थपलियाले विश्वविद्यालयका उत्पादनलाई नीजि क्षेत्र संँग जोड्नुपर्ने बताईन । नेपालमा दक्ष जनशक्तिको अभावका कारण औद्योगिक क्षेत्रको उत्पादन अपेक्षा अनुसार हुन नसकेको भन्दै विदेश पलायन हुने दक्ष शक्तिलाई रोक्नुपर्नेमा जोड दिईन । नेपालको औद्योगिक बजारमा यहांँका विश्वविद्यालयमा रहेका पाठ्यक्रम मेल नखाएका कारणपनि दक्ष जनशक्ति को अभाव भएको उनको भनाई थियो । ‘हामीले निर्वाहमुखी उत्पादनलाई पनि परिमार्जन गर्नुपर्छ , उनले भनिन, पाठ्यक्रमलाई समेत समय अनुसार परिमार्जन गर्दै लानुपर्छ ।’ अनुसन्धानको काम र उद्योगको समस्या साधान गर्न पनि विश्वविद्यालय सक्रिय हुनुपर्ने उनको भनाई थियो ।
सो अवसरमा बोल्दै बैंकिङ्ग सम्बन्धी बिषयमा विद्यावारिधी गर्नु भएका डाक्टर कपिलदेव सुबेदीले दक्ष जनशक्तिको अभावका कारण नेपालमा उत्पादन र रोजगारीमा ठूलो असर पुगेको बताए । ‘नेपालमा कलेज तहकै बार्षिक सांँढे पाँचलाख विद्यार्थी उत्पादन हुन्छन, उनले भने, ती मध्ये हरेक बर्ष सांँढे चारलाख त वैदेशिक शिक्षाको लागि बाहिर जाने गर्दछन ।’ नीजि क्षेत्र र विश्वविद्यालय बीचको समन्वय र सहकार्य अभावका कारण नेपालमा दक्ष जनशक्तिको लागि छिमेकी राष्ट्रको भरपर्नुपर्ने अवस्था आएको उनले बताए । नीजि क्षेत्र र विश्वविद्यालय बीचको दुरी घटाई स्वदेशी जनशक्तिलाई उच्चतम प्रयोग गर्नुपर्नेमा उनले जोड दिए ।
सो अवसरमा कार्यपत्र प्रस्तुत गर्दै उवासंघ, चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले नीजि क्षेत्रले खोजेको जनशक्ति अनुसार विश्वविद्यालयले जनशक्ति उत्पादन र आपुर्ति गर्नुपर्ने बताए । ‘विश्वविद्यालयले अर्गनाईजेशन अनुसारको जनशक्ति उत्पादन गरेको छकि छैन र चाहिने दक्ष जनशक्ति कसरी उत्पादन गर्ने बिषयमा केन्द्रित हुनुपर्छ ।’ श्रेष्ठले भने । उनले दक्षजनशक्ति पनि संस्थाको पूजी भएकोले त्यसलाई वर्गीकरण नयांँ जनशक्ति र पुराना जनशक्तिलाई वर्गीकरण गरी जनशक्ति आपुर्ति गर्न सकिने उनले बताए ।
सो अवसरमा बोल्दै सप्तगण्डकी क्याम्पसका वरिष्ठ उपाध्यक्ष रामाकान्त सापकोटाले रोजगारी ,उत्पादन र प्राज्ञिक क्षेत्रको खाडल पूर्ति गर्न यो कार्यक्रम गरिएको बताए । अन्य विकसित मुलुकमा जस्तो दक्ष जनशक्ति नेपालमा नभएको भन्दै उनले यहांँका विश्वविद्यालयले बजार अनुसारको जनशक्ति उत्पादन गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका पूर्व सहायक डिन डाक्टर ध्रुवराज पोख्रेल, बैंकर्स एशोसियसनका वाग्मती प्रदेश सदस्य सचिव सुर्वण बुढाथोकी, कृषि तथा वनव्श्वि विद्यालयका रजिष्ट्रार डाक्टर शारदा थपलिया, उवासंघ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले कार्यपत्र प्रस्तुत गरेका थिए ।
नेपालमै दक्ष जनशक्ति आपुर्ति गर्न ‘ईन्डष्ट्री एकेडिमिया डाईलग’
नेपालमै दक्ष जनशक्ति आपुर्ति गर्न ‘ईन्डष्ट्री एकेडिमिया डाईलग’
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु