चितवन । चालु आर्थिक बर्ष ०७८,०७९को ११ महिनामा चितवनमा सवारी दुर्घटनाबाट १३० जनाकाृ मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय, चितवनका अनुसार चालु आवको साउन महिनादेखि असार सम्म ८९२ घाईते भएका छन । यी मध्ये २४३ जना गम्भिर घाईते भएका थिए भने ६४९ जना सामान्य घाईते भएका थिए ।
सबैभन्दा बढी पुरुषको मृत्यु
जिल्लामा चालु आवको ११ महिनामा भएको सवारी दुर्घटनामा परेर मृत्यु हुने मध्ये सबैभन्दा बढी रहेका छन । कार्यालयका अनुसार सो अवधिमा ९७ जना पुरुषको मृत्यु भएको छ भने, २१ जना महिलाले सवारी दुर्घटनाबाट ज्यान गुमाएका छन् । दुर्घटनामा ११ जना बालक र एकजना बालिकाको मृत्यु भएको तथ्यांक छ । यस्तै दुर्घटनाबाट सो अवधिमा १७३ पुरुष गम्भिर घाईते भएका छन भने ४७ जना महिला गम्भिर घाईते भएका छन । यस्तै १४ जना बालक र ९ जना बालिका गम्भिर घाईते भएको कार्यालयले जनाएको छ । सामान्य घाईते हुनेहरुमा ४३१ जना पुरुष , १६७ जना महिला , २७ जन बालक र २४ जना बालिका रहेका छन ।
कार्यालयका प्रमुख प्रहरी निरीक्षक धर्म बहादुर अधिकारीले साना देखि ठूला सवारी साधनमा पुरुषनै बढी चालक र लापरवाही पनि पुरुषबाटनै भएकोले दुर्घटनामा मृत्यु र घाईतेको संख्या बढी भएको बताउनुभयो । ‘अहिले चितवनमा सवारी दुर्घटना केही बढेको र मानवीय क्षति पनि सोही अनुसार बढी भएको देखिन्छ उहाँले भन्नुभयो, कतिपय सडकहरु निमार्णाधीन छन त कतिपय राम्रा सडकहरुमा तीब्र गतिले दुर्घटना भएको देखिन्छ ।’ बिशेषगरी दुईपाङ्ग्रे सवारी साधनमा पुरुष चालकनै बढी लापरवाही गर्ने गरेकोले मानवीय क्षति पुरुषकै भएको उहांँले बताउनु भयो । ‘सवारी दुर्घटना हुने एउटै मात्र कारण हुंँदैनन उहांँले भन्नुभयो, यान्त्रिक ,सडक भौगोलिक अवस्था र मानवीय कारण, सवारी संख्यामा बृद्धि लगायतका दुर्घटनाका कारण हुन् ।’ उहांँले भन्नुभयो ।
चालु आवको जेष्ठ सम्म जिल्लामा ४८५ वटा दुर्घटना भएका थिए भने दुर्घटनामा संलग्न सवारीको संख्या ७३८ रहेको छ ।