चितवन । चितवनमा अटोमोबाईल्स सम्बद्ध व्यवसायीहरुलाई लक्षित गर्दै एकदिने कर भन्सार तथा भिसिटिएस (भेहिकल्स एन्ड कन्साइन्मेन्ट ट्र्याकिङ सिस्टम) सम्बन्धी प्रशिक्षण कार्यक्रम गरिएको छ । नाडा अटोमोवाईल्स एसोसिएशन अफ नेपाल र चितवन अटोमोवाइल्स एसोसिएशनको संयुक्त आयोजनामा शनिबार नारायणगढमा उक्त प्रशिक्षण दिईएको हो ।
कार्यक्रममा व्यवसायीहरुलाई कर तथा भिसिटिएसको बारेमा अभिमुखीकरण तथा प्रशिक्षण दिईएको थियो । कार्यक्रममा सयभन्दा बढी व्यवसायीहरुले सहभागिता जनाएका थिए ।
एशोसियसन , चितवनका अध्यक्ष श्री कृष्ण प्रसाद भण्डारीज्यूको अध्यक्षतामा सम्पन्न भएको प्रमुख अथितिमा नाडाका अध्यक्ष धुर्व वहादुर थापा अथितिहरुमा महासचिव सुरेन्द्र कुमार उप्रेती , कोषाध्यक्ष मिलनवावु मल्ल एवं नाडाका कार्यसमिति सदस्यहरुको सहभागिता थियो ।
यस्तै आन्तरिक राजश्व कार्यालय भरतपुरका प्रमुख,भन्सार बिभागका प्रमुख , राजश्व अनुसन्धान बिभागका अधिकृत र एफसिए निकेत अग्रवाल लगायतले व्यवसायिक नीति नियम, समस्या एवं समाधानका बिषयमा साथ प्रशिक्षण दिएका थिए । कार्यक्रममा संस्थाका पुर्व अध्यक्ष ,कार्यसमिति पदाधिकारी तथा उपस्थिति थियो। उक्त कार्यक्रमको संचालन भिम सुबेदीले गरेका थिए भने संयोजन श्री रामशरण भट्टराईले गरेका थिए ।
चितवनमा कर भन्सार तथा ‘भिसिटिएस’सम्बन्धी प्रशिक्षण
चितवनमा कर भन्सार तथा ‘भिसिटिएस’सम्बन्धी प्रशिक्षण

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु