चितवन । समृद्धि फाइनान्स कम्पनी लिमिटेड , नारायणगढ शाखाद्धारा बृक्षारोपण गरिएको छ । आज भरतपुर महानगरपालिका वडा नम्बर ११ स्थित नवजागृति सामुदायिक वन इकोपार्कमा बृक्षारोपण गरिएको हो । संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत बृक्षारोपण गरिएको शाखा प्रबन्धक विकास सापकोटाले जानकारी दिए । बृक्षारोपणले वातावरण सन्तुलन गर्नुका साथै समाजमा विरुवा रोप्नुपर्छ भन्ने सन्देश जाओस भन्ने हेतुले बृक्षारोपण कार्यक्रम राखिएको सापकोटाको भनाई छ । आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिईने उनले बताए । बृक्षारोपण कार्यक्रममा आंँप र लिचीको बिरुवा रोपिएको थियो ।
कार्यक्रममा कम्पनीका कर्मचारी,र वनका कर्मचारीको सहभागितमा बृक्षारोपण गरिएको थियो । कम्पनीले यसअघिपनि ज्येष्ठ नागरिक सम्मान, सरसफाई, रक्तदान कार्यक्रम गर्दै आएको छ । हाल कम्पनीका नारायणगढ सहित देशका मुख्य शहरमा पांँचवटा शाखा सञ्चालित छन । कम्पनीले उच्च व्याजदर संँगै मोबाइल बैंकिङ्ग सेवा, डेबिट कार्ड,आईपिएस, कनेक्ट आईपिस लगायत अन्य डिजिटल सेवाहरु दिंँदै आएको छ । नेपाल राष्ट्रबैंकबाट यो कम्पनी ग बर्गमा सूचीकृति वित्तिय संस्था हो ।
समृद्धि फाईनान्स नारायणगढले रोप्यो नवजागृति इकोपार्कमा फलफूलका विरुवा
समृद्धि फाईनान्स नारायणगढले रोप्यो नवजागृति इकोपार्कमा फलफूलका विरुवा
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु