चितवन । चितवन राष्ट्रिय निकुञ्जले एक सामुदायिक वनमा किसानले चराउन राखेको मौरीको घार जबरजस्ती उठाउन लगाएको भन्दै मौरीपालक महासंघले आपत्ति जनाएको छ । महासंघले एक विज्ञप्ति जारीगर्दै निकुञ्जको मध्यवर्ती क्षेत्रमा कुनैपनि जैविक विविधता मा असर नपरेपनि किसान माथि गरेको दुब्र्यवहार प्रति गम्भिर ध्यानाकर्षण जनाएको हो । महासंघका केन्द्रिय अध्यक्ष शिव प्रसाद शर्माद्धारा जारी विज्ञप्तिमा भनिएको छ,‘नेपाल मौरीपालक महासंघका सदस्य श्री रबि बहादुर अधिकारीले टिकौली मध्यवर्ती सामुदायिक वन रत्ननगर–९ संँग समन्वय गरी ३ हप्ता अगाडी जंगलमा फुली रहेको साझ चराउन राखेको अवस्थामा चितवन राष्ट्रिय निकुञ्ज (कसरा) प्रशासनले वनमा मौरी चरिचरन गर्न नमिल्ने भनि जर्वजस्ती उठाउन लगाएको घटना प्रति नेपाल मौरीपालक महासंघको गंम्भिर ध्यानाकर्षण भएको छ ।’
नेपालमा मौरीजन्य मह एंव अन्य उत्पादनको प्रचुर संम्भावना भएको साथै सामान्य निम्न आय भएका व्यक्तिहरूले पनि यो पेशा अवलम्वन गरी स्वरोजगार प्राप्त गर्दै जिविकोपार्जन गर्ने तथ्यलाई निकुञ्ज प्रशासनले गरेको खेलवाड प्रति विज्ञप्तिमा खेद प्रकट गरिएको छ ।
महासंघले किसानलाई अपमान र निरुत्साहित गर्ने प्रयास गरेको भन्दै त्यस्ता अनावश्यक कार्य गर्ने निकुञ्ज मध्यवर्ती, वरण्डाभार क्षेत्र र सामुदायिक वनहरू लाई भोलिका दिनहरूमा नेपाल भरिनै कारवाहीको दायरामा ल्याउन जोडदार माग समेत गरेको छ । नेपालमा हाल ४००० टनको हाराहारीमा मह उत्पादन भई रहेको र आन्तरिक खपत ८००० टनको हाराहारीमा रहेको र महको मुख्य श्रोत वनजन्य फलफूलहरुबाटनै ७० प्रतिशत भई रहेकोले यस तर्फ सरकारको ध्यानाकर्षण गरिएको जारी विज्ञप्तिमा उल्लेख छ । यस बिषयमा बोल्दै निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले निकुञ्ज तथा यसको मध्यवर्ती क्षेत्रमा अनुमति विना कुनै किसीमका काम गर्न नमिल्ने बताउनु भयो । यस व्यवसायिक मौरी चरनले जैविक विविधतामा असर गर्नुका साथै वन्यजन्तुको बासस्थान र चरिचरणमा असर पुग्ने भएकोले तत्काल हटाउन अनुरोध गरेको बताउनु भयो । तर मौरीपालक किसानले वनमा मौरी चराउंँदा परागसेचन र पर्यावरणमा मदत पुग्ने भन्दै आफूखुशी अन्य मौरीपालकहरुलाई निकुञ्ज तथा मध्यवर्ती क्षेत्रमा मौरी चराउन दिएको तर आफूहरुलाई विभेद गरिएको आरोप समेत लगाएका छन ।
चितवन राष्ट्रिय निकुञ्जले जवरजस्ती मौरीको घार उठायो : महासंघद्धारा गम्भिर ध्यानाकर्षण( विज्ञप्ति सहित)
चितवन राष्ट्रिय निकुञ्जले जवरजस्ती मौरीको घार उठायो : महासंघद्धारा गम्भिर ध्यानाकर्षण( विज्ञप्ति सहित)
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु