चितवन । भरतपुरको देवघाट क्षेत्रमा एक वेवारिसे पुरुषको शब फेला परेको छ । अन्दाजी ४० बर्षको पुरुषको शब आज बिहान सात बजेर १० मिनेटमा फेला परेको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार देवघाट स्थित प्राकृतिक चिकित्सालय बागेश्वरीको मेन गेट छेउमा पर्खालको बाहिरपट्टि घोप्टो परी मृत अवस्थामा फेला परेको हो । शब भएको खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय नारायणगढको प्रहरी टोलीले शवको मुचुल्का गरी थप अनुसन्धान भईरहेको र शव परीक्षणको लागि भरतपुर अस्पताल पठाईएको छ । हालसम्म उक्त शबको सनाखत नभएकोले चिन्ने कुनै पनि व्यत्तिले प्रहरीलाई वा आफन्तलाई खबर गरिदिन समेत चितवन प्रहरीले अनुरोध गरेको छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु