गण्डकी, पोखराबाट काठमाडौंतर्फ उडेको यती एयरलाइन्सको जहाजको इन्जिनमा खराबी देखिएपछि उडेको छ मिनेटमा नै पोखरा विमानस्थलमा अवतरण गरिएको छ ।
यती एयरलाइन्सको ९–एनएएनजी कल्साइन जहाज आज बिहान पोखराबाट काठमाडौं उडेको छ मिनेटमै पुनः पोखरा विमानस्थलमा अवतरण भएको पोखरा विमानस्थलका सूचना अधिकारी देवराज सुवेदीले जानकारी दिनुभयो । बिहान ८ः४५ बजे उडेको जहाजमा ४५ जना यात्रु सवार थिए ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु