सूर्यप्रसाद अधिकारी, चितवन । चितवनमा एकबर्षको अवधिमा करिब सोह्रसय उद्योग थपिएका छन । घरेलु तथा साना उद्योग कार्यालय चितवनले दिएको जानकारी अनुसार गत आर्थिक बर्ष ०७८, ०७९ मा सबै प्रकारका उद्योग गरी एक हजार पांँचसय ८४ वटा नयांँ उद्योग ँ दर्ता भएका हुन् । गतबर्ष आर्थिकमन्दी र तरलता अभावका कारण उद्योग दर्ता गर्नेको संख्या विगतको तुलनामा घटेको कार्यालयले जनाएको छ ।
यस कार्यालयमा उत्पादनमुलक उद्योग, कृषि तथा वनजन्य उद्योग,उर्जामुलक उद्योग, खनिजजन्य उद्योग, निर्माणमुलक उद्योग, पर्यटनमुलक, सेवामुलक र विज्ञान तथा सूचना प्रविधि मुलक शिर्षकमा उद्योग दर्ता हुने गर्दछन । गत बर्ष उत्पादन मुलक , कृषि तथा वनजन्य, पर्यटनमुलक र सेवामुलक शिर्षकमा मात्र नयांँ उद्योगहरु दर्ता भएका छन ।
कार्यालयका अनुसार एक बर्षको अवधिमा उत्पादनमुलक उद्योग २३१ वटा, कृषि तथा वनजन्य उद्योग १हजार ३७, उत्पादनमुलक उद्योग २३१, पर्यटन मुलक उद्योग १७ र सेवा मुलक उद्योग २९९ वटा दर्ता भएका छन भने अन्य शिर्षकमा भने कुनैपनि उद्योग दर्ता भएका छैनन ।
कार्यालयका प्रमुख यादवनाथ आचार्यले कोरोना कम भएसंँगै गत बर्ष उद्योग दर्ता गर्नेको संख्या घटेको बताउनु भयो । ‘अहिले कोरानाकालभन्दा पनि उद्योग दर्ता भएनन उहांँले भन्नुभयो, थप उद्योग दर्ता नहुनु यो बर्ष आर्थिक मन्दी र तरलता अभाव मुख्य कारण हो ।’ कोरोनाकै कारण थप लगानीको वातावरण नभएकोले अन्य शिर्षकहरुमा उद्योग दर्ता भएका छैनन । अन्य प्रकृतिका उद्योगहरुमा लगानी पनि बढी चाहिने र प्रकृयागत झण्झट भएका कारण पनि उद्योग दर्ता भएपनि ज्यादै न्युन मात्रामा दर्ता हुने गरेको उहांँको भनाई छ ।
उद्योग दर्तामा महिला बढी
गत आवमा दर्ता भएका उद्योगहरुमा पुरुषभन्दा महिला उद्यमीले बढी उद्योग दर्ता भएका छन । कार्यालयका अनुसार सो अवधिमा महिला उद्यमी १ हजार ८३ रहेका छन भने पुरुष उद्यमी ७२२ जना रहेका छन ।
जसअनुसार उत्पादनमुलक उद्योगमा पुरुष उद्यमी २०४ रहेका छन भने महिला उद्यमी १४३ जना रहेका छन । यस्तै कृषि तथा वनजन्य उद्योगमा महिला उद्यमी ७२४ जना, पुरुष उद्यमी ३९४ जना, सेवामुलक उद्योगमा महिला उद्यमी २०८ , पुरुष उद्यमी ११३ रहेका छन । र पर्यटन मुलक उद्योगमा महिला उद्यमी ८ जना र पुरुष उद्यमी ११ जना रहेका छन ।
प्रमुख आचार्यले पछिल्लो समय कृषि तथा अन्य उद्योगहरुमा विभिन्न क्षेत्रमा सहुलियत पाएसंँगै महिला उद्यमीको संख्यामा बृद्धि भएको बताउनु भयो । ‘महिलाले उद्योग दर्तागर्दा अहिले ५० प्रतिशत छुट पाउंँछन , उहांँले भन्नुभयो , महिलाको नाममा उद्योग दर्ता गर्दा वैंक वित्तिय संस्थामा सहुलियत र अनुदान लिन पनि सहज छ ।’यी सबै उद्योगमा महिला पुरुष गरी ५ हजार १९१ जनाले रोजगारी पाएको कार्यालयले जनाएको छ ।