चितवन । चितवनको जुगेडीमा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।
परिचय नखुलेका अन्दाजी २५ बर्षीय पुरुषको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार गए राती सवा ८ बजे भरतपुर महानगरपालिका वडा नम्बर २९ , जुगेडीमा नारायणगढ मुग्लिन सडक खण्डमा भरतपुरबाट मुग्लिनतर्फ जांँदै गरेको ग १ ख ९९५५ नम्बरको ट्रकले पैदलयात्रीलाई ठक्कर दिएको थियो । ठक्करबाट उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । ट्रक चालक प्रहरीको नियन्त्रणमा छन । शब परिक्षणको लागि भरतपुर अस्पताल राखिएको छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु