चितवन । बाढीले बगाउंँदा २५ बर्षको भाले गैंडाको मृत्यु भएको छ ।
गत साउन १२ गते भारततर्फ पर्ने गण्डक ब्यारेजको ढोका नजिक मृत अवस्थामा भेटिएको चितवन राष्ट्रिय निकुञ्जले जानकारी दिएको छ ।
मृत गैंडा नेपालकै भएपनि बगाएर भारतको भूमिमा लगेको र मृत फेला परेकोले भारतको बाल्मिकी टाइगर रिर्जभको प्राविधिक टोलीले पोष्टमार्टम गरी भारतमा नै गाडेको चितवन राष्ट्रिय निकुञ्जका सुचना अधिकारी गणेश प्रसाद तिवारीले जानकारी दिए । भारतको ऐन नियम अनुसार गैंडाको खाग र खुर जलाईएको तिवारीले बताए । भारत भूमिमा मृत फेला परेको निकुञ्जले यो बिषयलाई सार्वजनिक गरेको थिएन ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु