चितवन । चितवनमा मुद्धा मिलाईदिन्छु भन्ने एकजना पक्राउ परेका छन । पक्राउ पर्नेमा गोरखा सिरानचोक गाउांपालिका वडा नम्बर ४ का दिलिप श्रेष्ठ रहेका छन ।
जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार रौतहट गरूडा नगरपालिका.वडा नं.५ को रुप नारायण साह सोनार यही साउन ६ गतेका दिन मोबाईल चोरी मुद्दामा पक्राउ परी चितवन जिल्ला अदालतबाट म्याद थप गरेर चोरी मुद्दामा अनुसन्धानको सिलसिलामा थुनामा रहेको अवस्थामा प्रतिवादी सोनारलाई तत्काल प्रहरी कार्यालयबाट छुटाई दिन्छु भनेर श्रेष्ठले सोनारको भाई सुखारी साहसंँग २० हजार नगद लिएका थिए ।े नगद लिए पश्चात श्रेष्ठ सम्पर्कमा नआएको र सोनार साउन यही ३० गते चितवन जिल्ला अदालतको आदेशले तीस हजार धरौटी राखी तारिखमा छुटे पछि सुखारीले आफु ठगिएको थाहा पाएका थिए ।
उनले दिलिप श्रेष्ठको बिरुद्ध ठगी सम्बन्धी कसुरमा आज किटानी जाहेरी दरखास्त दिएकोले प्रहरीले श्रेष्ठलाई आजनै पक्राउ गरेको हो । उनीमाथि ७ दिन म्याद थपेर ठगी सम्बन्धि कसूरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।