चितवन । चितवनमा अवैध रुपमा नदी उत्खनन गर्ने पांँच सवारीसाधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
आज जिल्ला प्रहरी कार्यालय चितवनबाट सादा पोसाकमा खटिएको प्रहरी निरीक्षक सुवास भट्ट सहितको टोलीले कालिका नगरपालिका वडा नं. ९ जुटपानी स्थित कयर खोलामा अबैध रुपमा नदिजन्य पदार्थ उत्खनन् गरी ओसारपसार गरीरहेको अवस्थामा प्र.३–०१–००३ क ७६७९ नं. को एक्जाभेटर , ना.८ ख २५७१ नं. को टिपर, ना. ८ ख ८५८८ नं. को टिपर, ना. ७ त २६३२ नं. को ट्याक्टर र नं. प्लेट नखुलेको आयसर ट्याक्टरलाई नियन्त्रणमा लिएको हो ।
सबै साधनलाई आवश्यक कारवाहीको लागी कालिका नगरपालिकाको कार्यालय, पठाईएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु