चितवन । झण्डै तीन दशकअघिदेखि सेवा दिदैं आएको मनकामना ग्रुप अफ कम्पनीको जस्मिन पेन्टसले यसबर्ष ‘बर्षैभरि हर्ष, प्रत्येक महिना लखपति, उपहार त कति कति’ भन्ने स्लोगनका साथ कम्पनीको नयांँ योजना सार्वजनिक गरेको छ ।
कम्पनीले चालु आर्थिक बर्षको भदौ १ गतेदेखि २०८० साल श्रावण मसान्तसम्म ग्राहक लक्षित योजना सार्वजिनक गरेको हो । कम्पनीका अनुसार जस्मिन पेन्टसका उत्पादनहरु खरीद गर्ने ग्राहकलाई लक्की ड्र मार्फत प्रत्येक महिना ११२ जनालाई विभिन्न उपहार वितरण गर्नेछ ।
जसअनुसार हरेक महिना १ जनाले एकलाख , एकजनाले स्मार्ट मोबाईल फोन, १० जनाले ईलेक्ट्रीक राईस कुकुर र १०० जनाले आकर्षक भित्ते घडी पाउनेछन । यो योजना अन्र्तगत कम्पनीले ७५ हजार देखि १ लाख सम्मका उत्पादन खरिदमा एकवटा कुपन १ लाख देखि डेढलाख सम्मको सम्मको खरिदमा दुईवटा कुपन, र डेढलाख भन्दा माथिको खरिदमा ग्राहकले ३ वटा कुपन पाउनेछन । सोही कुपनलाई लक्की ड्रमा समावेश गरी प्रत्येक महिना ११२ जनालाई पुरस्कृत गरिने कम्पनीले जानकारी दिएको छ ।
कम्पनीका अध्यक्ष लक्ष्मण अर्यालले चाडबाड र सिजनलाई लक्षित गर्दै कम्पनीले उपहार योजना सार्वजनिक गरेको बताए । ‘हामीले विगतका बर्षहरुमा पनि यस्ता योजना, उपहार योजना सार्वजनिक गर्दै आएका थियौं, अर्यालले भने, यो बर्षपनि फरक स्लोगन र थप उपहार योजना सहित अघि बढेका हौं ।’ स्वदेशी कम्पनीको उत्पादन प्रर्वद्धन गर्न र ग्राहकलाई गुणस्तरीय उत्पादनको पहुंँच पुरयाउन पनि कम्पनीले ग्राहक लक्षित योजना ल्याएको उनको भनाई छ ।
यस्ता उपहार योजनाले ग्राहकलाई अतिरित्त लाभ हुनुका साथै गुणस्तरीय उत्पादन प्रति विश्वास र ग्राहकप्रति आत्मियता बढ्ने अपेक्षा कम्पनीको छ ।
नेपाली रंग कम्पनी मध्ये जस्मिन पेन्टस अग्रणी कम्पनीको रुपमा परिचित हुंँदै आएको छ । भरतपुर महानगरपालिका वडा नम्बर ४ स्थित यो कम्पनीले पेन्ट्स उत्पादनमा राष्ट्रिय तथा अन्र्तराष्ट्रिय अवार्ड समेत पाउन सफल भएको छ । यसका देशभरै डिलर्स र सेवा केन्द्र रहेका छन ।