चितवन । चितवनमा नम्बर नखुलेको सवारीसाधनको ठक्करबाट एक बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा रत्नननगरपालिका वडा नम्बर ९ गणेशचोकका ७५ बर्षीय खड्क बहादुर राना मगर रहेका छन ।
जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार आज बिहान पौने ६ बजे रत्ननगर नगरपालिका वडा नम्बर ९ खगेरी पुल नजिकै नम्बर नखुलेको सवारीसाधनले राना मगरलाई ठक्कर दिएको थियो ।
दुर्घटनाबाट गम्भिर घाईते रानामगरको उपचारको क्रममा नयांँ मेडकल कलेजमा सवा ६ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । बृद्धको मृत्युपछि आफन्त र स्थानीयले राजमार्ग अवरुद्ध पारेका थिए ।
उक्त सवारीसाधनको खोजतलास गर्ने सहमति भएपछि ८ बजेर ५० मिनेटमा दुबैतर्फको बाटो खलाईएको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु