चितवन । नारायणी नदीमा हामफालेका एक पुरुषको सकुशल उद्धार गरिएको छ । भरतपुर महानगरपालिका वडा नम्बर ४ बैदिक टोलबस्ने बर्ष ४९ का बाबुराम आचार्यको उद्धार गरिएको हो । जिल्ला प्रहरी कार्यालय , चितवनका अनुसार आज दिउसो पौने २ बजे
भरतपुर महानगरपालिका वडा नम्बर ३ पुलचोक स्थित नारायणी नदीको पुलबाट हाम फालेको भन्ने खबर प्राप्त हुना साथ वडा प्रहरी कार्यालय, नारायणगढबाट प्र.नि. को कमाण्डमा बिपद ब्यबस्थापन सहितको उद्दार टोली खटी गई सकुशल उद्दार गरिएको हो । उनको उपचारको लागि भरतपुर अस्पताल पठाइएको उनको अबस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु