चितवन । नेपाली कांँग्रेसका नेता शशांक कोइरालाले आगामी संघको निर्वाचनमा सय सिट पाउनु पर्ने दाबी गर्नुभएको छ ।
आज उहांँले भरतपुर विमानस्थलमा पत्रकारहरु संँग कुरा गर्दै सत्य र यर्थाथको आधारमा नै कांँग्रेसले सय सिट माग गरेको बताउनु भयो ।
‘स्थानीय निर्वाचन विजयको आधारमा कांँग्रेसले सय सीट पाउनुपर्दछ , उहांँले भन्नुभयो, सत्यको आधारमा कांँग्रेसले कम्तिमा सय सिट नभएपनि नेगोसियसनमा ९५ सिट हामीले पाउनु पर्दछ ।’ अन्य दलको अस्तित्व नरहेको भन्दै उहांँले उनीहरुले सत्यको आधारमा निर्णय गर्नुपर्ने बताउनु भयो । सीटको भागवण्डा नमिल्दा गठबन्धन निरन्तर जाला त भन्ने प्रश्नमा उहांँले भन्नुभयो, ‘मान्नै पर्छ, अन्य विकल्प नै छैन ।’ कतिपय ठाउंँमा गठबन्धनको अस्तित्व नरहेको कारण पनि कांँग्रेसले सय सिट पाउनु भर्ने उहांँको भनाई थियो ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु