चितवन । भरतपुरमा ट्रक र एम्बुलेन्स ठक्कर खांँदा एम्बुलेन्स चालक गम्भिर घाईते भएका छन ।
भरतपुर महानगरपालिका वडा नम्बर ४ का एम्बुलेन्स चन्द्रकान्त गम्भिर घाईते भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय , चितवनका अनुसार शुक्रबार राती ९ बजेर १० मिनेटमा भरतपुर महानगरपालिका वडा नम्बर ४ पिपलचोक स्थित चौबिसकोठी रामपुर सडक खण्डमा रामपुरबाट चौबिसकोठी तर्फ आउदै गरेको ना.१ क. २९४० नं. को ट्रक र बिपरित दिशाबाट आउदै गरेको बागमती प्रदेश ०६–००१ च०००१ नम्बरको एम्बुलेन्स आपसमा ठक्कर खाएको प्रहरीले जनाएको छ ।
दुर्घटनाबाट गम्भिर घाईते तिवारीको नयां मेडिकल कलेज , भरतपुर उपचार भईरहेको छ । उनको अनुहार र खुट्टामा चोट लागेको छ । ट्रक चालक प्रहरीको नियन्त्रणमा छन ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु