चितवन । भरतपुरमा यात्रुबहाक बस अनियन्त्रित भई नालीमा खस्दा ६ जना यात्रु घाईते भएका छन । घाईते हुनेमा रत्ननगर नगरपालिका डा नम्बर १४ का चालक भिम श्रेष्ठ ,माडी नगरपालिका वडा नम्बर १ को सोविन्द्र महत्तो ,भरतपुर महानगरपालिका वडा नम्बर २ की सिता कुमारी सुनार , वडा नम्बर १६ का रोसन भुजेल , वडा नम्बर २९ की पूजा श्रेष्ठ र वडा नम्बर ११ का तिरु सुनार रहेका छन ।
जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार आज बिहान ६ बजेर ५० मिनेटमा भरतपुर महानगरपालिका वडा नम्बर २९ सिमलतालमा नारायणगढ मुग्लिङ सडक खण्ड अन्तर्गत नारायणगढबाट मुग्लिङ तर्फ आउदै गरेको बा२ख २८२९ नम्बरको माईक्रो आफै अनियन्त्रित भई नालीमा खसेर भित्तामा ठोक्किएको थियो । माईक्रो बसमा सवार १७ जना मध्य ६ जना व्यक्ति घाईते भएको र उपचारको लागि चितवन मेडिकल कलेज पठाईएको प्रहरीले जनाएको छ ।
सिमलतालमा माईक्रोबस नालीमा खस्दा ६ जना यात्रु घाईते
सिमलतालमा माईक्रोबस नालीमा खस्दा ६ जना यात्रु घाईते

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु