चितवन । अवरुद्ध भएको नारायणगढ मुग्लिन सडकखण्ड दुईतर्फी खुलेको छ । ईच्छाकामना गाउंँपालिका वडा नम्बर ६ स्थित तीन नम्बर पुलको माथिबाट खसेको सुख्खा पहिरो हटाएपछि अवरुद्ध सडक खुलेको हो ।
जिल्ला ट्राफिक कार्यालय चितवनका प्रमुख राजकुमार तामाङ्गले सुख्खा पहिरो सफा गरेसंँगै सांँझ पांँच बजे दुईतर्फी रुपमा सडक खुलेको जानकारी दिए । ‘सुख्खा पहिरोपनि हट्यो । माथि पट्टिको ढुंगा पनि हटाईयो । तामाङ्गले भने ।
अपरान्ह २ बजेर ३५ मिनेट खसेको पहिरो झण्डै सांँढे दुईघण्टा सडक अवरुद्ध हुंँदा सवारीसाधनहरुको लाईन नारायणगढ र मुग्लिन तर्फ जाममा फसेका थिए । नारायणढतर्फ करीब ४०० वटा सवारी साधन र मुग्लिन तर्फ ४०० जति सवारी साधन जाममा रहेको उनले जानकारी दिए । दुईतर्फी सडक खुलेसंँगै सवारी साधनहरु गन्तव्य तर्फ लागेका छन । यो सडकखण्ड भएर दैनिक २५ हजारको हाराहारीमा सवारी साधन ओहोरदोर गर्छन ।
तीन नम्बर पुलको पहिरो पन्छाएपछि नारायणगढ मुग्लिन सडकखण्ड दुईतर्फी खुल्यो
तीन नम्बर पुलको पहिरो पन्छाएपछि नारायणगढ मुग्लिन सडकखण्ड दुईतर्फी खुल्यो

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु