चितवन । भरतपुर महानगरपालिका वडा नम्बर २ क्षेत्रपुरमा ५ करोडको लागतमा फिट्नेस हाउस सञ्चालनमा ल्याईएको छ । हाउसको आईतबारदेखि औपचारिक रुपमा सञ्चालनमा ल्याईएको हो ।
नेपालमानै ठूलो र अत्यधुनिक प्रविधि युक्त हाउस १२ हजार स्क्वायर फिटमा निर्माण गरिएको छ । राइनो फिट्नेस हाउसको नाममा सञ्चालनमा ल्याईएको सो जिम घरमा एक पटकमा २५० जनाले सेवा लिन सक्ने छन् ।
हाउसमा जिम, कार्डीयो, एरोविक लगायतका शरीरलाई फिट राख्न आबश्यक पर्ने खेलहरुको अभ्यास गराईने छ । हाउसका संरक्षक नारायण प्रसाद गजुरेलले मानव जीवनमा स्वास्थ्य नै पहिलो सम्पती भएकाले यो हाउस सञ्चालनमा ल्याईएको बताए । छोराको इच्छा अनुसार फिट्नेस हाउस सञ्चालनमा ल्याईएको उनले बताए ।
उनले भने “स्वस्थ्थ समाज निर्माणका लागि यो कार्य सुरु गरेका हौं ।” छोराले १७ वर्षको उमेर देखि गर्दै आएको यस कार्यलाई आफैले व्यवसायिक रुपमा ढालिएको उनले बताए । एउटै छानामुनि स्विमिङड्राई ,सोना स्टिम लगायतका सेवाहरु समेत रहेको हाउसका मुख्य प्रशिक्षक ग्रिस महर्जनले जानकारी दिए ।