चितवन । नारायण मन्दिर टोल विकास संस्था र नारायण आमा समुह भरतपुर –५ नारायणपुरको आयोजना तथा ब्यवस्थापनमा पुष्पाञ्जली हस्पिटल प्रा.लि. भरतपुर –१०को प्राविधिक सहयोगमा निःशुल्क शिविर सम्पन्न भएको छ । शिविरमा सेवाग्राहीलाई प्रेसर–सुगर–थाईराइड,भिडियो एक्सरे सहित स्त्री प्रसुती प्रजनन, बालरोग, दात मुख , गिजा सम्बन्धि रोगको एकदिने शिविर तथा निःशुल्क औषधि वितरण गरिएको थियो ।
उद्घाटन कार्यक्रमको अध्यक्षता झलक बहादुर तामांङ्ग र संचालन सचिव इन्द्रप्रसाद धितालले गर्नु भएको कार्यक्रममा प्रदेश सभासद ज्ञान जंग लामाको प्रमुख आतिथ्यता रहेको थियो । सभासद लामाले स्थानीयलाई स्वास्थ्य सेवा दिएकोमा खुशी व्यक्त गर्दै आयोजक र प्राबिधिक सहयोग गर्ने सबैलाइ धन्यवाद दिनु भयो ।
डा.भोजराज अधिकारीले “जनता संग अस्पताल “ कार्यक्रमले सामुदाय सँंग नजिक बनाउदै हातेमालो गर्दै जाने बताउनु भयो । उहांँले रोग लाग्नबाट सतर्क गराउदै नियमित आहार बिहारमा परिवर्तन गर्र्दै जानुपर्नेमा भन्दै स्वास्थ्यमा पहुंँच पुर्याउन छुट सुविधा हुनुपर्नेमा जोड दिनुभयो । ‘यदि रोगै लागे पनि सरकार–स्थानीय निकाय र अस्पतालले ५०% अनुदान दिने हो भने उपचारमा सबैको पहुँच हुन्छ र बिरामीले ५०% मा उपचार पाउंँछ ।’ डा. अधिकारीले भन्नुभयो ।
पुष्पाञ्जली अस्पतालका सामाजिक सेवा प्रमुख केदार सुबेदीको संयोजनमा अस्पतालका अध्यक्ष चेतनाथ वाग्ले र टोल विकास समितिका अध्यक्ष बीच अस्पतालले दिने छुट–सुबिधाको सहुलियत पत्र हस्तान्तरण गर्नु भयो ।
शिविरमा डा.भोजराज अधिकारी, डा.रामप्रसाद सापकोटा,डा किरण देवकोटा, डा.निश्चल शाह ,डा.बरदान खतिवडा, डा.बिबेक घिमिरे,डा.नबिन शर्मा, डे.हा. सिया कोइराला सेवा दिनुभएको थियो । मधुमेह स्वयम् सेवी समाजका अध्यक्ष सोमनाथ अर्याल लगायत औषधि कम्पनी र नर्सिंग ल्याबका स्वास्थ्यकर्मीबाट सेवा प्रवाह गरिएको थियो ।
शिविरमा फिजिसियनले १०७ जना,दन्तरोगका ७५ जना, स्त्रीरोगका ५५ जना, बालरोगका १७ जना र सुगर टेस्ट १५० गरि ४०४ सेवाग्राहीले औषधि सहित सेवा पाएका थिए ।