चितवन । अग्रणी शैक्षिक परामर्श संस्था मेट्स इन्टरनेसनल एजुकेसन एण्ड भिषा सर्भिसको एक्स्पोमा ३०० बढी विद्यार्थीले परामर्श लिएका छन । संस्थाले नारायणगढको शहिदचोक स्थित आफ्नै कार्यालय परिषरमा ‘मेट्स इडु एक्स्पो २०२६’ भव्य र उत्साहजनक रूपमा सम्पन्न गरेको हो ।
विदेश अध्ययन गर्न इच्छुक विद्यार्थीहरूलाई लक्षित गरी आयोजना गरिएको एक्स्पोमा अष्ट्रेलिया, क्यानडा र बेलायतका ५० भन्दा बढी प्रतिष्ठित विश्वविद्यालय तथा कलेजका प्रतिनिधिहरू सहभागी भएका थिए। सहभागी विद्यार्थीहरूले विश्वविद्यालय तथा कलेजका प्रतिनिधिहरूसँग प्रत्यक्ष परामर्श, कोर्स छनोट, भर्ना प्रक्रिया, छात्रवृत्ति अवसर तथा शुल्क विवरणबारे विस्तृत जानकारी प्राप्त गरेको चितवन शाखा प्रबन्धक प्रकाश पौडेलले जानकारी दिए ।
प्रबन्धक पौडेलका अनुसार एक्स्पोले विद्यार्थीहरूलाई सही शैक्षिक मार्गदर्शन प्रदान गर्न महत्वपूर्ण भूमिका खेलेको छ। उनले भने, “विद्यार्थीहरूले युनिभर्सिटी तथा कलेजका प्रतिनिधिसँग प्रत्यक्ष संवाद गर्न पाउनुका साथै आवश्यक कागजात पूरा भएका विद्यार्थीहरूले अन–द–स्पट एडमिसन समेत लिन सफल भएका छन्।”
एक्स्पोमा कक्षा १२ उत्तीर्णदेखि ब्याचलर तथा मास्टर्स तह अध्ययन गर्न चाहने विद्यार्थीहरूले शैक्षिक परामर्श लिएका थिए। विद्यार्थीहरूले आफ्नो शैक्षिक योग्यता र कागजातका आधारमा छात्रवृत्ति अवसरबारे समेत परामर्श प्राप्त पौडेलले बताए ।
कार्यक्रममा विभिन्न बैंक तथा वित्तीय संस्थाहरूको सहभागिता रहेको थियो, जसबाट विद्यार्थीहरूले शैक्षिक ऋण तथा वित्तीय परामर्शसम्बन्धी जानकारी लिएका थिए। साथै, सहभागी विद्यार्थीहरूका लागि निशुल्क शैक्षिक परामर्श, प्रोसेसिङ सेवा तथा गिफ्ट ह्याम्परको व्यवस्था गरिएको थियो।
संस्थाका अनुसार उक्त एक्स्पोले चितवन तथा आसपासका विद्यार्थीहरूलाई विदेशी उच्च शिक्षाबारे प्रत्यक्ष, विश्वसनीय र व्यावहारिक जानकारी प्राप्त गर्ने उत्कृष्ट अवसर प्रदान गरेको छ।
मेट इडु एक्स्पोमा विद्यार्थीको उत्साहजनक सहभागिता
मेट इडु एक्स्पोमा विद्यार्थीको उत्साहजनक सहभागिता
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु











