चितवन । किरातेश्वर शिव मन्दिरमा भईरहेको संगीतमय श्रीमद्भागवत सप्ताह तथा शिव महिमा ज्ञानमहायज्ञ सकिएको छ । भरतपुर महानगरपालिका–११, बसेनी लामाटोलस्थित ऐतिहासिक किरातेश्वर शिव मन्दिरको संरक्षण, सम्वद्र्धन तथा धार्मिक–सांस्कृतिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले संगीतमय श्रीमद्भागवत सप्ताह, शिव महिमा ज्ञानमहायज्ञ तथा भव्य श्रृंगारिक महाआरतीको आयोजना गरीएको थियो ।
सनातन हिन्दुधर्मको संरक्षण र सम्बर्दन गर्ने उदेश्यका असथ आयोजित महायज्ञ उल्लेख्य भक्तजनहरुको सहभागितामा सम्पन्न भएको मन्दिरका अध्यक्ष विष्णु विडारीले बताउनु भयो । उहाँले जुन उदेश्यका साथ सप्ताहज्ञान आयोजन गरीएको थियो त्यसका लागि स्थानिय बासीहरु, टोलसुधार समतिहरु र विभिन्न क्षेत्रबाट आउनुका भएका भक्तजनहरुका कारण सप्ताहज्ञान महायज्ञ सफल भएको बताउनु भयो ।
माघ २५ गतेबाट सुरु भएको महायज्ञमा विभिन्न क्षेत्रका प्रतिष्ठीत व्यत्तित्वहरुको सहभागिता रहेको थियो । सातै दिन विभिन्न क्षेत्रका व्यक्तित्वहरुलाई प्रमुख अतिर्थीको रुपमा महायज्ञमा सहभागि गराईएको अध्यक्ष विडारीले बताउनु भयो ।
महायज्ञ सफल बनाउन छिमेकी टोल सुधार समिति, आमा समुहसंगै विभिन्न क्षेत्रको सहयोगका कारण सफलताका साथ सम्पन्न भएको सचिव शोभा ढकाल पोख्रेलले बताउनु भयो । महायज्ञमा दैनिक सयौ भक्तजनहरु आउने गर्नुभएको छिमेकी आमा समूह टोल सुधार समितिहरुले प्रसादको व्यवस्था गर्ने गर्नुभएका कारण पनि महायज्ञ सफल गर्न सहज भएको उहाँको भनाई छ ।
महायज्ञमा सुप्रसिद्ध कथावाचक सम्राट गुरु पंण्डीत भीमकान्त भागवतले श्रीमद्भागवत कथा वाचन गर्नु भएको थियो, महायज्ञ सत्संकल्पकर्ता तथा श्रृंगारिक महाआरती प्रमुखका रूपमा गुरु पंण्डीत पुरुषोत्तम भट्टराईको नेतृत्व रहेको सचिव ढकाल पोख्रेलले बताउनु भयो ।
कार्यक्रमको मुख्य उद्देश्य किरातेश्वर शिव मन्दिरको भौतिक पूर्वाधार विकास, पुजारी भवन निर्माण, हवनकुण्ड निर्माण, अक्षयकोष स्थापना तथा १०८ शिवलि∙ स्थापना रहेको आयोजक समितिका आर्थिक उप समितिका संयोजक मोहनिधी तिवारीले बताउनु भयो । यसका साथै मन्दिर क्षेत्रलाई आन्तरिक तथा धार्मिक पर्यटनको महत्वपूर्ण केन्द्रका रूपमा विकास गर्ने लक्ष्य लिइएको र सप्ताहज्ञान महायज्ञले प्रचार प्रसारमा उल्लेखनीय भूमिका खेलेको उहाँको भनाई छ ।
महायज्ञ अवधिभर राष्ट्रिय स्तरका ख्यातिप्राप्त कलाकारहरूको सहभागितामा भजन–कीर्तन, देवलिला झाँकी, चेतनामूलक नाटक तथा सांस्कृतिक कार्यक्रमहरू प्रस्तुत गरीएको तिवारीको भनाई छ । फाल्गुन ३ गते महाशिवरात्रिको अवसरमा लाखबत्ती प्रज्वलन र विशेष महाआरती गरि सप्ताहज्ञान महायज्ञ समापन गरीएको छ ।
आर्थिक उपसमितिका संयोजक तिवारीले धर्मप्रेमी संघ–संस्था, टोल सुधार समिति, आमा समूह, स्थानीयवासी तथा भक्तजनहरू परिवारसहित उपस्थित भई तन, मन, धन र वचनबाट सहयोग गर्नुभएकोमा धन्यवाद ज्ञापन गर्नु भएको छ ।
सो अवसरमा दानदाताहरूलाई सम्मानपत्र, रामनामी, शिलालेखमा नाम अंकित तथा पञ्चेबाजा सहित सम्मान गरिएको व्यवस्था गरिएको संयोज तिवारीले बताउनु भयो ।
महायज्ञले धार्मिक चेतना अभिवृद्धि गर्नुका साथै स्थानीय पर्यटन, संस्कृतिको संरक्षण र सामाजिक एकतामा महत्वपूर्ण योगदान पुगेको विश्वास आयोजकको रहेको छ।











